Awareness

Get Vaccinated

कुर्घा मालिका मन्दिरमा दर्शनार्थीको घुँइचो, करिब तीन हजारले गरे दर्शन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: रेसुङ्गा नगरपालिका-१४, पराल्मीकी छली घर्ती शुक्रबार बिहानै मुसिकोट नगरपालिका-६, कुर्घास्थित मालिका भगवती मन्दिर पुगिन्।

मन्दिरमा उनले एकजोर परेवा उडाउनुका साथै चिच्याएर वर मागिन्। मन्दिरको दर्शन गर्नकै लागि पराल्मीबाट एक समुहमा गाडी रिर्जव आफु मन्दिरमा पुगेको उनी बताउछिन्। ‘केही समय पहिले परेवा उडाउने संकल्प गरेकी थिए।’ उनले भनिन्, ‘अहिले उडाउन आएँ।’ इस्मा गाउँपालिका-५, रजस्थल मैदानकी लक्ष्मी अर्यालले पनि मन्दिरको दर्शन गरिन।

घरबाट गाडी नै रिर्जव गरेर कुर्घा पुगेकी लक्ष्मीले मनले कामना गरेको पुरा हुने भएकोले मन्दिरको दर्शन गरेको प्रतिक्रिया दिइन्। ‘धेरै पहिलेदेखि यहाँ (मन्दिर) आउने योजना बनाएका थियौँ, तर समय मिलेको थिएन।’ अर्यालले भनिन्, ‘यो बर्ष घुम्ने र मन्दिरमा पुजा गर्ने अवसर मिल्यो।’

रजस्थलकै गीता नेपालीले पनि कुर्घामा शिवजी र मालिका भगभती मन्दिरको पुजा गरेको बताइन्। रजस्थलबाट लक्ष्मीसँगै आएकी उनले आफुहरुले चिच्याएर समेत वर मागेको बताइन्। ‘चिच्याएर वर मागेमा पुरा हुन्छ भन्ने धार्मिक विश्वास छ, मलाई पनि धर्मकर्ममा विश्वास लाग्छ।’ उनले भनिन्, ‘यहाँ (मन्दिरमा) त सोचेभन्दा पनि बढी मानिस आउँदा रहेछन्।’

छली, लक्ष्मी र गीता त मन्दिरमा दर्शन गर्न गएका प्रतिनिधिमुलक पात्र मात्रै हुन्। उनीहरुजस्ता हजारौँ दर्शनार्थीहरुले शुक्रबार कुर्घाको मालिका भगवती मन्दिरको दर्शन एवम् पुजा गरेका छन्। मन्दिरमा प्रत्येक बर्षको कात्तिक शुक्ल पूर्णिमा दिन मेला लाग्नुका साथै चिच्याएर वर मागिन्छ। जसका कारण दर्शनार्थीहरुको सधै भीड हुने गर्दछ। यस बर्ष पनि एकैदिन करिब तीन हजारले मेलाको अवलोकन गरेको मन्दिर व्यवस्थापन समिति अध्यक्ष झविराम शर्माले बताए।

मेला हेर्नको लागि मुसिकोट नगरपालिका साथसाथै धुर्कोट, मदाने, मालिका, रेसुङ्गा नगरपालिका सहित जिल्लाका विभिन्न पालिकाका नागरिक एवम् अर्घाखाँची, बाग्लुङ, प्युठान, पर्वत लगायतका जिल्लाका नागरिकहरु मालिका भगवती मन्दिर पुगेका थिए।

Awareness by SKF

मन्दिरमा बली दिएमा, परेवा चढाएमा वा चिच्याएर वर मागेमा पुरा हुन्छ भन्ने मान्यताका कारण दर्शनार्थीहरुको भीड बढेको शर्माको भनाई छ। कोभिड सुरु हुनभन्दा पहिले पनि एकै दिनमा चार हजारसम्म भक्तजन आउने गरेको शर्माले सुनाए। ‘विगत दुई बर्ष कोभिडका कारण उल्लेख्य मात्रामा भक्तजन आउनुभएन।’ उनले भने, ‘आजको उपस्थिति हेर्दा खुसि लागेको छ।’

यसरी स्थापना भएको थियो मन्दिर
व्यवस्थापन समिति अध्यक्ष शर्माका अनुसार करिब पाँच सय बर्ष अघि उक्त ठाउँ पुरै जंंगल थियो। त्यसपछि खडेरीले खोलामा भएको पानी समेत सुक्दा सबै जंगल सकियो। त्यसैबेला माल्याश्री नामका ऋषी उक्त ठाउँमा तपस्यामा थिए। पानीले काकाकुल भएका जनावरले ऋषीसामु पानी ल्याइदिन आग्रह गरे।

ऋषिले पानीकै लागि प्राथना गरे र अन्तत देवी प्रकट भई ढुगांको बीच भागबाट पानीको मुहान पलाएको विश्वास रहेको अध्यक्ष शर्माले उल्लेख गरे। अहिले ढुंगाको बीच भागबाट प्रशस्त पानी बगिरहेको छ। मन्दिरमा साउन महिनाभर, एकादशी, १६ सरात र स्वस्थानी व्रत कथा अवधिभर बाहेक अन्य समयमा बली चढाइने अध्यक्ष झविलाल शर्माले जानकारी दिए। पूर्णिमाको दिन मात्रै ७० भन्दा बढी पाठाको बली चढाइएको उनले बताए।

अहिले मन्दिरसम्म पुग्नको लागि सिँढी बढाइएको छ। सार्वजनिक शौचालय, भक्तजन बस्ने ठाउँ, मन्दिर, चिच्याएर वर माग्ने ठाउँमा जाने सिढी, सडकमा पर्खाल लगायतका संरचना बनाइएको छ। कुर्घाका वडाध्यक्ष खड्ग बहादुर खड्काले आफुहरु निर्वाचित भएदेखि नगरपालिकाका मुख्य पर्यटकीय स्थलहरुको गुरुयोजना बनाई काम गरेको प्रतिक्रिया दिए। खबरमार्केट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया