Smoking Causes Cancer

वीर्यदानबाट जन्मिएकी युवतीले खोजेर भेट्टाइन आफ्ना ६३ भाइबहिनीहरू



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

एजेन्सी: अमेरिका निवासी कियानी एरोयो एउटा खास मिसनमा छिन। वी’र्य दानबाट जन्मिएकी उनले आफू माथि घटेको एउटा घ’टना पछि आफ्ना दाजुभाइ, दिदीबहिनीहरू खोज्ने निर्णय गरिन। उनी समलिङ्गी जोडीकी सन्तान हुन।

द मिरर सँग कुरा गर्दै २३ वर्षकी कियानी भन्छिन्, ‘जब म चार वर्षकी थिएँ। मैले आफ्नो वरिपरिका अरू बच्चाहरूलाई नियाल्न थालेँ। उनीहरू सबैका अभिभावकका रूपमा आमा बुवाहरू घरमा हुन्थे।’

‘तर, म सँग दुई जना आमाहरू थिए। मलाई आफ्नो बाबुको बारेमा केही कुरा मात्र थाहा थियो, उनलाई खेलकुद र पेन्टिङ अति मन पर्थ्यो। म पनि पेन्टिङ गरिरहन्थे र सर्फिङ खेल्न गइरहन्थे।

सिंचाई
Forest
Ad.

’मेरा आमाहरूलाई यी कुरामा खासै रुचि थिएन। मैले मेरो बाबुबाट अरू के-के कुरा पाएकी छु भन्ने कुरा दिमागमा बारम्बार आउन थाल्यो। कयौँ वर्ष मैले फादर्स डे मा आफ्ना बाबुको लागि कार्ड बनाइ राखेँ, स्पर्म डोनेसनबाट जन्मिएका सन्तानले आफ्ना बाबु भेट्न पाउदैनन।’

कियानीले एउटा कम्पनीको लागि स्पर्म डोनरको विज्ञापनमा काम गर्ने मौका पाइन। उनलाई देखे पछि उनका बाबुले पनि मन बदले र आफ्नो प्रोफाइल सार्वजनिक गरे।

१८ वर्ष नपुग्दै उनी आफ्ना भाइ बहिनी खोज्न सक्ने भइन। उनले स्पर्म बैङ्क सँग रेकर्ड लिएर आफ्ना भाइ बहिनीको खोजी गर्न थालिन। उनी भन्छिन्, ‘१५ वर्षको हुँदा मैले मेरा दुई जुम्ल्याहा बहिनीहरू भेटाएँ। उनकी आमाले नै मलाई खोजेकी थिइन। उनीहरू म भन्दा साना थिए। उनीहरू सँग केही समय बिताइ सकेपछि मलाई अत्यन्तै रमाइलो अनुभूति भयो र मैले बाँकी भाइ बहिनीहरूलाई खोज्ने विचार गरेँ।’

उनी भन्छिन्, ‘अहिले मैले ६३ जना दाजुभाइ दिदीबहिनीलाई भेट्टाई सकेकी छु। उनीहरू क्यानडा, अमेरिका, अस्ट्रेलिया र न्युजिल्यान्ड सम्म फैलिएका छन्। मेरो सहर फ्लोरिडामा मात्र हामी १२ भाइ बहिनी छौँ। संक्रमण प्रभाव सकिए पछि फेरी एक पटक भाइ बहिनीको खोजीमा निस्कने विचार छ। यो खबर साभार गरिएको हो।

Awareness by SKF

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया