Smoking Causes Cancer

४७ औँ राष्ट्रपतिको रुपमा अमेरिकामा ‌ट्रम्पले सोमवार शपथ लिँदै



ओझेलका खबर संवाददाता
१ वर्ष अगाडि


Place for ads

काठमाडौं: अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदैछन्। दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिन लागेका ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबर्टस्ले पद तथा गोपनियताको सपथ गराउनेछन्।

सपथ कार्यक्रम वाशिङ्टन डीसीमा रहेको ऐतिहासिक सेन्ट जोन्स गिर्जाघरमा हुनेछ र त्यसपछि विशेष चियापान समारोह हुनेछ।

ट्रम्पपछि उपराष्ट्रपति जेडी भान्सले पनि आजै शपथ लिनेछन् । औपचारिक शपथ लिने कार्यक्रमका साथै साङ्गीतिक प्रदर्शनी, सेलिब्रिटीको ‘परेड’ र साँझमा औपचारिक ’बल डान्स’ पनि हुनेछ । सपथ ग्रहण समारोहमा सहभागी हुन विश्वका धेरै नेताहरु वासिङ्टन पुगेका छन् ।

सिंचाई
Forest
Ad.

शपथ ग्रहणकै दिन ट्रम्पले कडा आप्रवासन नीतिबारे अध्यादेश ल्याउने तयारी गरेका छन्। अध्यादेश तयार भइसकेको र राष्ट्रपति पदको शपथग्रहणसँगै कार्यान्वयनमा जाने अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ। आप्रवासन नीतिले अमेरिकामा रहेका आप्रवासी र अमेरिकी मेक्सिको सीमामा शरण खोजिरहेका आप्रवासीलाई ठूलो प्रभाव पार्नेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो