Salime Malika Krishi Farm

Awareness Campaign

आतंकवादी हमला: एक साताअघि मात्रै बिहे गरेका थिए, मारिए हनिमुनमा



ओझेलका खबर संवाददाता
१२ महिना अगाडि


Awareness

Place for ads

एक पुरूष जमिनमा लडिरहेका छन्। एक महिला उनकै छेउमा शान्त बसेकी छन्। साथमा रहेको झोला पनि जमिनमै ढलिरहेको छ। केही पर अर्का एक जना पनि त्यसरी नै ढलेको देखिन्छ।

मंगलबार जम्मू-कश्मिरमा आतंकवादी हमला भएपछि दु:ख व्यक्त गर्दै धेरैले यो तस्बिर शेयर गरेका छन्।

त्यसरी जमिनमा ढलेका पुरूष भारतीय नौसेनामा कार्यरत लेफ्टिनेन्ट विनय नरवाल हुन्। छेउमा बसेकी महिला उनकी श्रीमती हिमान्सी हुन्।

सिंचाई
Forest
Ad.

एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा विनय मारिएपछि हिमान्शी अर्धबेहोस् भएकी थिइन्। गोली लागेर श्रीमान ढलेपछि रून त परै जाओस् बोल्नसम्म सकेकी थिइनन् भनेर भारतीय सञ्चारध्यमहरूले लेखेका छन्।

विनय हरियाणा राज्यको कर्नाल जिल्लाका हुन्। दुई वर्षअघि बिटेक अध्ययन पूरा भएपछि उनी नौसेनामा भर्ती भएका थिए। हाल उनको दरबन्दी कोचीमा थियो।

   यो पनि हेर्नुहोस्:

हिमान्सी गुरुग्रामकी हुन्। उनी हाल पीएचडी गरिरहेकी छिन्। उनका बुवा जीएसटीमा सुपरिन्टेन्डेन्ट छन् भने हजुरबुवा अवकाशप्राप्त प्रहरी हुन्।

Awareness by SKF

एक साता-अघि मात्रै यी दुईको बिहे भएको थियो। १६ अप्रिलमा बिहे र १९ अप्रिलमा बिहेभोज (रिसेप्सन)पछि उनीहरू हनिमुनका लागि सोमबार कश्मिर गएका थिए।

हजुरबुबा हवासिंह नरवालका अनुसार विनयले हनिमुनका लागि स्वीट्जरल्याण्ड जाने योजना बनाएका थिए।

‘भिसाको प्रक्रियामा केही समस्या भएपछि उनीहरूले स्वीट्जरल्याण्डको योजना बदले र काश्मिर गए,’ हवासिंहको भनाइ उद्धृत गर्दै बिबिसीले लेखेको छ।

उनी घरका एक्ला छोरा हुन्। उनकी बहिनी युपिएससीको तयारी गरिरहेको भनिएको छ।

हनिमुनबाट चाँडै फर्केर परिवारका सबै सदस्यहरूसँग जन्मदिन मनाउने उनको योजना रहेको पनि बिबिसीले लेखेको छ।

मे महिनाको १ तारिख विनयको जन्मदिन थियो।

मंगलबार श्रीमती हिमान्सीसँग घुमफिरमा रहेका उनीमाथि गोली प्रहार भएपछि उनको घटनास्थलमै मृत्यु भयो। बिहे भएको एक सातामै हिमान्सीले श्रीमान गुमाइन्।

घटनापछि हिमान्सीले गोली चल्नुअघि आफू श्रीमानसँगै रहेको बताएकी छन्।

‘उहाँ मेरो छेवैमा हुनुहुन्थ्यो। एकजना व्यक्ति मेरो श्रीमानको छेउमा आयो र लगत्तै गोली चलाए,’ उनले घटनापछि भनेकी छन्।

भारतीय नौसेनाले उनको मृत्यु भएको घटनामा दु:ख व्यक्त गर्दै घटनालाई कायरतापूर्वक गरिएको हत्या भनेको छ।

जम्मू-कश्मिरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको छ। तीमध्ये एक जना नेपाली रहेको पुष्टि भइसकेको छ।

मारिने नेपाली रूपन्देहीको बुटवल उपमहानगरपालिका-१४ का सुदीप न्यौपाने रहेको स्थानीय जनप्रतिनिधि र रूपन्देही प्रहरीले पुष्टि गरेको छ। यद्यपि यसबारेमा परराष्ट्र मन्त्रालयले कुनै विवरण सार्वजनिक गरेको छैन।

मारिनेहरु २४ जना भारतका विभिन्न राज्यका छन्। एक जना नेपाली र अर्का संयुक्त अरब इमिरेट्सका रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनाप्रति नेपालसहित विभिन्न मुलुकले निन्दा व्यक्त गरेको छ। -सेतोपाटी

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो