Smoking Causes Cancer

प्राइम र प्रभु बैंकको शेयर बिक्रीमा, कस-कसले दिन पाइन्छ आवेदन?



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: प्राईम बैंक र प्रभु बैंकको संस्थापक शेयर बिक्री खुल्ला गरिएको छ। सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले शुक्रबारदेखि आफ्नो स्वामित्वमा रहेको प्राइम बैंकको ६६ हजार ६७५ कित्ता र प्रभु बैंकको ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने गर्ने भएको हो।

योसँगै कम्पनीले आफ्नै स्वामित्वमा रहेको नेपाल ग्रामिण विकास लघुवित्तको ३५ हजार कित्ता सेयर समेत लिलाम गर्ने भएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम २२५ रुपैयाँमा प्राइम बैंक, २०५ रुपैयाँमा प्रभु बैक र ३५० रुपैयाँका दरले ग्रामीण विकास लघुवित्तको सेयर न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन्।

यो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्। यसमा मंसिर १० गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ।

सिंचाई
Forest
Ad.

सबै कम्पनीको सेयरमा न्यूनतम २ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ। लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ। आर्थिक सन्देश डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया