Clean Water Campaign

Awareness Campaign

प्युठानको एकादशी मेलामा गुल्मीको भैलो प्रथम



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

विवश विष्ट, प्युठान: जिल्लाको गौमुखी गाउँपालिका-५, ठुलावेशीमा दोस्रो एकादशी मेला २०७८ सम्पन्न भएको छ। दोस्रो एकादशी मेला २०७८ को अवसरमा आयोजना गरिएको खुल्ला भैलो प्रतियोगिता सम्पन्न भएको छ।

समृद्ध गाउँटोल विकास गर्दै अगाडि बढाउने युवाको चाहना, लोपोन्मुख मारुनी नाँच संस्कृति जोगाउने हाम्रो कामना भन्ने मुल उदेश्य संगै एकिकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौमुखी-५, ठुलावेशीले आयोजना गरेको भैलो प्रतियोगिता सम्पन्न भएको हो। सोमबार सम्पन्न भैलो प्रतियोगिता कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष केशव बहादुर केसीको सभाध्यक्षता रहेको थियो भने गौमखी गाउँपालिकाका अध्यक्ष विष्णकुमार गिरीको प्रमुख आतिथ्य रहेको थियो। त्यस्तै गौमुखी गाउँपालिका उपाध्यक्ष तुल्सी सुनार, विभिन्न वडा वडा अध्यक्षहरु, स्थानिय बुद्धिजीवी तथा समाजसेवी लगायतको उपस्थित रहेको थियो।

सिंचाई
Forest
Ad.

खुल्ला भैलो प्रतियोगितामा प्रतिस्पर्धा गर्न विभिन्न स्थानका १२ टिमको सहभागी रहेको थियो। जसअन्तर्गत नारिकोट सानो, थम्मन सि, खुङ्, अग्लुङ्ग , ओखरकोट, ठुलाबेशी, खोलावाङ, अर्खा, नारीकोट, जाडागाउ, स्थानीय बोर्डिङ र लिवाङ गरि १२ टिमले सहभागी जनाएका थिए।

सहभागी टिमको प्रस्तुतिलाई मुल्यांकन गर्न अर्जुन बहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय निर्णायक मण्डल रहेको थियो। जसमा मदाने गाउँपालिका वडा १ प्रेम चन्द बोहोराको नेतृत्वमा गएको अग्लुङ्गको भैलो प्रथम बन्न सफल भएको छ। त्यस्तै गौमुखी गाउँपालिका नारिकोट प्युठान दोस्रो बनेको छ। ठुलावेशी र थम्मन सिको दुई भैलो टिम तेस्रो बनेका छन्।

विजेता टिममध्ये प्रथमलाई ठुलावेशी सामुदायिक मन्चले प्रायोजन गरेको रु २५,०००/- सहित प्रमाणपत्र प्रदान गरिएको छ। त्यसैगरी दोस्रोलाई धर्म केसीले प्रायोजन गरेको रु १५,०००/- र तेस्रो लाई लालुराम जैसीले प्रयोजन गरेको रु १०,०००/- सहित प्रमाणपत्र प्रदान गरिएको छ। सहभागी जनाएको टिमलाई यातायात खर्च र विभिन्न उत्कृष्ट शिर्षकमा नगद रु ४,०००/- देखि ७,०००/- सम्म नगद प्रदान गरिएको थियो। गुल्मी न्यूज डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया