Smoking Causes Cancer

शताब्दी यताकै लामो चन्द्रग्रहण भोलि, कति बजे सुरु हुन्छ?



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: आगामी मंसिर ३ गते अर्थात भोलि करिब ६ शताब्दी यताकै सबैभन्दा लामो अवधिसम्म चन्द्र ग्रहण लाग्दैछ। नोभेम्बर १९ मा लाग्ने यो चन्द्र ग्रहण सन् २०२१ को अन्तिम चन्द्र ग्रहण हुनेछ। पछिल्लो ५ सय ८० वर्षमा पहिलो पटक यति लामो अवधिको चन्द्र ग्रहण लाग्दै छ।

यो पटकको चन्द्र ग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ। जो दिउँसो करिब साढे १ बजे उच्च बिन्दुमा पुग्नेछ। यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ। ५ सय ८० वर्ष यता यति लामो अवधिको चन्द्र ग्रहण लागेको थिएन।

यस अघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो। अब यति लामो चन्द्र ग्रहण ८ फेब्रुअरी २६६९ मा मात्र लाग्नेछ। यो चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अस्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ। चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेट देखि साँझ ४ बजेर ३२ मिनेटसम्म रहनेछ। खगोलविदहरुको दाबी अनुसार पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो भएको हो।

सिंचाई
Forest
Ad.

चन्द्र ग्रहण पूर्ण देखिने भन्दा एक हल्का रेखाको रूपमा देखिन सक्छ। आंशिक चन्द्र ग्रहण भएकाले यसको सूतक काल पनि मान्य नहुने धार्मिक मान्यता छ। ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्त्वपूर्ण मानिन्छ। खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बिचमा पृथ्वी पर्दा चन्द्र ग्रहण लाग्दछ।

धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने विश्वास गरिन्छ। विज्ञान अनुसार सूर्य र चन्द्रमाको बिचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छाँया पर्छ भन्ने मान्यता रहिआएको छ। त्यसैलाई चन्द्र ग्रहण भनिन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया