Hi-Speed Computer

Awareness Campaign

रेसुङ्गा नगरपालिकाद्वारा कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: जिल्लाको रेसुङ्गा नगरपालिकाले स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सम्मान गरेको छ। कोरोना महामारीको समयमा हरपल खटिरहेका स्वास्थ्यकर्मी र कर्मचारी गरी ४८ जनालाई सम्मान गरिएको हो।

रेसुङ्गा नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका बिच सम्मान गरेका हुन्। सम्मान गर्दै नगरपालिकाका मेयर डिल्लीराज भुसालले स्वास्थ्य क्षेत्रमा खटिने कर्मचारीको सुविधा लगायत हरेक क्षेत्रमा कतिपनि कमी नराखेको बताए।

कोरोना महामारीमा दुख गरेका कारणले अरु केहि गर्न नसकेपनि सम्मान भएपनि गरिएको भुसालले बताए। कर्मचारीलाई कुनै भेदभाव नराखी जनप्रतिनिधी र कर्मचारी बिच सुमधुर सम्बन्धका साथ काम गरेकाले कोरोना महामारीमा राम्रोसँग काम गर्न सफल भएको उनले बताए।

Forest
Forest
Ad.

उनले सम्मान प्राप्त गर्ने सम्पूर्णलाई बधाई साथै यसरी सम्मान गर्न पाउँदा धरै खुसि लागेको बताए। कोरोना महामारीमा पदीय मर्यादा र जिम्मेवारी सफलताका साथ पुरा गरेकाले नगरपालिकाले सम्मान गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए।

जनप्रतिनिधि, कर्मचारी राजनितिक दल सबैपक्षको सहयोगमा कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन सफल भएको मरासिनीले बताए। कोरोना महामारीमा खटिने कर्मचारीको तलब वृद्धि र प्रोत्साहन भत्ता पनि दिएको मरासिनीले बताए।

नगरभित्रका १४ वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए। नगरपालिका भित्र स्वास्थ्य संस्थामा आवश्यक दरबन्दी पूर्ति गरेको मरासिनीको भनाई छ।

Awareness by SKF

नगरपालिका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले कोभिडको महामारीका बिचमा स्वास्थ्य सेवामा दिनरात खटिने स्वास्थ्यकर्मी लगायत कर्मचारीहरुलाई धन्यवाद दिए। उनले आज यसरी सामुहिक प्रयासबाट कोरोना संक्रमणदर घटाउन सफल भएको अर्यालले बताउनुभयो।

रेसुङ्गा नगरपालिका भित्र हालसम्म ९९३ जना कोरोना संक्रमित भएको अर्यालले बताए। नगर भित्र ११ हजारले कोरोना विरुद्धको पहिलो चरणको खोप लगाएका छन्।

कोरोना विरुद्धको दोस्रो चरणको खोप १० हजार बढिले लगाउन सफल भएको अर्यालले बताए। नगर क्षेत्र भित्र कुल जनसंख्याको आधारमा ६१ प्रतिशतले कोरोना विरुद्धको खोप लगाएको नगरपालिकाको स्वस्थ्य शाखाले जनाएको छ।

कोरोना महामारी पहिलो र दोस्रो लहरमा खटिएका कर्मचारीको मनोबल उच्च बनाउने उद्देश्यले नगरपालिकाले कर्मचारीलाई सम्मान गरेको हो। गुल्मी न्यूज डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया