Place for ads

Awareness

सुर्योदय युवा क्लब वामीमैदान गुल्मीको वार्षिकोत्सवका कार्यक्रमहरु मङ्सिर २२ बाट सुरु हुने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

रामकृष्ण कंडेल, गुल्मी: सुर्योदय युवा क्लब वामीमैदान गुल्मीको वार्षिकोत्सवका कार्यक्रमहरु मङ्सिर २२ बाट सुरु हुने बताइएको छ। वामीमैदानमा सम्पन्न क्लबको बैठकले २८ औँ वार्षिकोत्सवका कार्यक्रमहरु मङ्सिर २२ बाट सुरु गरी २५ गते समापन गर्ने निर्णय गरेको हो।

२८ औँ वार्षिकोत्सवमा खुल्ला भलिबल प्रतियोगिता, चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, सहयोगगदाता सम्मान लगायतका कार्यक्रमहरु आयोजना गरिन लागेको क्लबका अध्यक्ष सन्दिप खत्रीले ओझेलका खबर डटकमलाई बताउनु भयो।

Get Vaccinated

क्लबका अध्यक्ष खत्रीका अनुसार क्लबले आफ्नो तर्फ देखि अहिलेसम्म कै सबैभन्दा ठूलो धनराशि पुरस्कार रहेको खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएकोले सहभागिताको लागि सबै खेलाडीहरु संग आग्रह गर्नु भएको छ। भलिबल प्रतियोगिताको प्रथम पुरस्कार रु. ३५ हजार ५ सय ३५, कप, मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार रु. १७ हजार ७ सय १७ कप, मेडल र प्रमाण पत्र, तृतिय पुरस्कार रु. ८ हजार ८ सय ८८ कप, मेडल र प्रमाण पत्र रहेको क्लबका अध्यक्ष खत्रीले बताउनु भयो।

खत्रीका अनुसार भलिबल खेलमा विधागत रुपमा खेलाडीहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ। कार्यक्रमलाई सभ्य तथा भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु समेत निर्माण गरिएको छ।

क्लब अध्यक्ष खत्रीका अनुसार रामकृष्ण कंडेल संयोजक तथा उज्ज्वल खत्री र हुकुम थापा सहसंयोजक रहनेगरी प्रचारप्रसार उपसमिति, भलिबल खेल सञ्चालनको लागि संयोजक संजय विक, सहसंयोजक किरण विक, सांस्कृतिक विभाग संयोजकमा कमल बराल, सहसंयोजक रितिक परियारलाई चयन गरिएको छ। यसैगरी स्वयंसेवक विभाग उपसमितिको संयोजकमा कमल विक, सहसंयोजकमा विकास विकलाई जिम्मेवारी तोकिएको छ।

बैठकमा क्लबका संस्थापक अध्यक्ष तथा वडा नम्बर ८ का वडाध्यक्ष नारायण सापकोटा प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो। क्लबको कार्यक्रम सफल बनाउनको लागि आफुले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउदै आफूहरुले यस वार्षिकोत्सव कार्यक्रमको लागि वडाको तर्फ देखि रु. २ लाख विनियोजन गरेको जानकारी समेत दिनुभयो। प्रमुख अतिथी सापकोटाले यो वार्षिकोत्सव कार्यक्रम यस भेगकै नमुना कार्यक्रम बनाउन सबै सदस्यहरु संग आग्रह समेत गर्नुभयो।

Awareness by SKF

बैठकमा सहभागी क्लबका सदस्यहरुले सबै एकजुट भै कार्यक्रम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनु भएको थियो। बैठक क्लबका अध्यक्ष सन्दिप खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो।

स्थापनाकाल देखिनै यस भेग मै चर्चाको शिखरमा रहेको यस क्लब निरन्तर रुपमै आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ। यस वार्षिकोत्सव कार्यक्रमलाई सफल बनाउनको लागि देश तथा विदेशमा रहनु भएका कलबको स्थापना समय देखि हाल सम्म विभिन्न पदमा रही सहयोग गर्दै आउनु भएका पदाधिकारीहरु, सम्पूर्ण दाजुभाइ, दिदी बहिनीहरु संग विगतमा जस्तै आर्थिक, भौतिक तथा नैतिक सहयोगको आशा राखिएको क्लबका अध्यक्ष खत्रीले बताउनु भयो।

सहयोग गर्न इच्छुक महानुभावहरुले यथासक्य छिटो क्लबका अध्यक्षलाई ९७४२९०४४९३ मा फोन सम्पर्क गरेर वा एसएमएस, मेसेन्जर वा आफू अनुकुलको माध्यम प्रयोग गरेर आफ्नो नाम र सहयोग रकम राशि टिपाउन सकिनेछ। सहयोगदाताहरुलाई कार्यक्रमको समयमा विशेष सम्मान समेत गरिने अध्यक्ष खत्रीले बताउनु भयो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया