Awareness

गुल्मीको इस्मा-५, रजस्थल खरका छाना मुक्त र उज्यालो वडा घोषणा

खबर

Place for ads

गुल्मी: इस्मा गाउँपालिकाको वडा नम्वर पाँच रजस्थललाई खरका छाना मुक्त र उज्यालो वडा घोषणा गरिएको छ। मंगलबार गाउँपालिकाका उपाध्यक्ष बिमला खत्रीले एक कार्यक्रमका बिच वडालाई खरका छाना मुक्त र उज्यालो वडा घोषणा गरेकी हुन।

वडाका सबै खरका छानाका घरलाई विस्थापित गरी जस्ता पाता लगाईएको र सबै घरधुरीमा विद्युत पुगे पछि खरका छाना मुक्त र उज्यालो वडा घोषणा गरिएको वडा अध्यक्ष कलानीधि भण्डारीले बताए।

Get Vaccinated

खरका छाना मुक्त अभियानमा वडाका एक सय १७ घरपरिवारलाई जस्ता पाता प्रदान गरिएको थियो। जहाँ गाउँपालिकाले ८४ घरपरिवारलाई जस्ता पाता प्रदान गरेको थियो भने संघिय सरकारले सुरक्षीत आवस कार्यक्रम अन्तर्गत ३३ घरपरिवारलाई जस्ता पाता उपलब्ध गराएको थियो।

इस्मा गाउँपालिकाले जस्तापातामा प्रतिघरपरिवार ३० हजार खर्चीएको र संघिय सरकारले ५० हजार खर्चीएको वडा अध्यक्ष भण्डारीले उल्ल्लेख गरे। त्यस्तै वडाका ८ सय घरपरिवारमा विद्युत पुगेको छ।

उज्यालो वडा अभियानमा गाउँपालिका बाट एक सय ७ र विद्युत प्राधिकरण गुल्मीबाट एक सय ५८ जना परिवारलाई निः शुल्क मिटर बक्स वितरण गर्नुका साथै इस्मा गाँउपालिकाले ६ हजार मिटर कालो तार निःशुल्क प्रदान गरेको थियो।

वषौं देखी चुहीने छाना मुनी अध्याँरोमा बस्दै आएका रजस्थलवासीहरु टिनले छाएको घरमा उज्यालोमा बस्न पाउँदा हर्षीत भएका छन्।

Awareness by SKF

त्यस्तै यता जनप्रतिनिधिहरुले पनि आफ्नो चुनावी बाचा पुरा भएको प्रतिक्रिया दिएका छन्। गुल्मी अपडेट डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *