Salime Malika Krishi Farm

Awareness Campaign

बन्दकर्ताले बन्द गराउन छाडेर गरे सडक सफाई र ट्राफिक चिन्हको व्यवस्थापन (फोटो फिचर)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

दाङ: नेपाल बन्द भनेपछि सामान्यतया हामी सडकमा टायर बाल्ने, तोडफोड गर्ने र झडप तथा गिरफ्तारीका घटना सम्झिन्छौँ। तर पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि लगायतको विरोधमा नेपाल बन्द गरेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले भने बन्द आयोजक भएर पनि रचनात्मक काम गरेको छ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले रचनात्मक काम गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेका छन्। मंगलबार गरेको नेपाल बन्दको क्रममा दाङमा भने फरक दृष्य देखिएको हो। सडकका देखिएका बन्दकर्ता सडक सरसफाई र ट्राफिक चिन्हहरुको व्यवस्थापनमा लागेका छन्।

बन्द कर्ताहरुले आफै कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन्। राजनीतिक कार्यकर्ताहरु अराजक मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनाताम्क काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको हेमन्त प्रकास वलीले बताए। ‘सबै साथीहरुले नयाँ र रचनात्मक काम गरौ भनेर प्रयास गरेका हौँ,’ उनले भने, ‘मूल्यवृद्धिको विरोधमा बन्द भएपनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाएका छौँ।’

सिंचाई
Forest
Ad.

बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्टसमेत दीर्घकालिन हुने विश्वास आफूहरुले लिएको उनले बताए।लामो समयदेखि जेव्राक्रसिङहरु मेटिदै गएको अवस्था हुँदा समेत त्यसको संरक्षण नभएको देखेर यसलाई नयाँ बनाइएको वलीले बताए।

स्रोतः गोपाल शर्मा, अन्नपूर्ण

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया