Clean Water Campaign

Awareness Campaign

आज विप्लवको नेपाल बन्द, अधिकांश शैक्षिक संस्था बन्द हुँदा शेयर बजार के होला?



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: विप्लव समूहले नेतृत्वको गरेको नेकपा आज मंगलबार नेपाल बन्दको घोषणा गरेको छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको मङ्गलबारको नेपाल बन्दको आक्रामक तयारी गरेको पार्टीले जनाएको छ। बन्दकै कारण अधिकांश शैक्षिक संस्थाहरुले आज बिदा दिएका छन्।

पेट्रोलियम पद्धार्थलगायत अत्यावश्यक सामाग्रीको मूल्यवृद्धि गरेको विरोधमा विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्द घोषणा सरकारसँग वार्ता गरी सार्वजनिक भएपछि पहिलोपटक आह्वान गरिएको हो। यसकारण पनि विप्लवले आजको बन्दलाई शक्ति प्रदर्शनका रुपमा लिएको बुझिएको छ।

सिंचाई
Forest
Ad.

विप्लवले भोलिको बन्दमा सम्पूर्ण शक्ति लगाउने तयारी गरेका छन्। उनले आज शक्ति प्रदर्शन गरेर आफ्नो प्रभाव समेत देखाउने रणनीति बनाएको बुझिएको छ।

नेपाल बन्द भएपनि शेयर बजार भने खुल्ला हुने धितोपत्र बोर्ड नेप्सेको भनाइ छ। धेरैजसो कारोबार अनलाइन प्रविधिमार्फत हुने हुँदा बजार बन्द हुन नहुने धेरै लगानीकर्ताको धारणा रहेको छ।

यस अघिका नेपाल बन्दहरुमा शेयर बजारमा राम्रो चहलपहल हुने गरेकोमा आज पनि बजार राम्रो अंकले माथि जाने धेरैको बुझाई छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया