Smoking Causes Cancer

गुल्मीको मदाने गाउँपालिकामा नयाँ हाटबजारको उद्घाटन



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

विवश विष्ट, गुल्मी: जिल्लाको मदाने गाउँपालिकामा नयाँ हाटबजारको शुभारम्भ गरिएको छ। शनिबार एक औपचारिक कार्यक्रम गर्दै हाटबजारको शुभारम्भ गरिएको हो।

बजार व्यवस्थापन समितिका अध्यक्ष भोज बहादुर कुँवरको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा प्रमुख अतिथि मदाने गाउँपालिका ६ पुर्कोटदहका अध्यक्ष तोक बहादुर कुँवरले हाटबजारको उद्घाटन गरेका छन।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा सभाध्यक्षले रिबन काट्दै ब्यानर अनावरण गर्दै नयाँ हाटबजारको समुद्घाटन गरिएको छ।

सिंचाई
Forest
Ad.

नेपाली काङ्गेस मदाने गाउँपालिकाका सभापति महेन्द्र बहादुर कुँवर तथा पुर्व सभापति मनिराम थापाबाट शुभकामना मन्तव्य राखिएको समुद्घाटन कार्यक्रममा देवीराम भुषाल, भोज बहादुर भुषाल, लोकहरी कुँवर, पृथ्वी कुँवर लगायतले मन्तव्य राखेका थिए।

शुभारम्भ कार्यक्रममा मदाने गाउँपालिका १ अग्लुङ्गका वडा अध्यक्ष प्रेम चन्द बोहोराको नेतृत्वमा अग्लुङ्गको भैलो सहित स्थानिय प्रस्तुति देखाईएको थियो। कार्यक्रममा रेशम जिसिले स्वागत मन्तव्य राखी उपस्थित सबैलाई स्वागत गरेका थिए। गुल्मीन्यूज डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया