Awareness

Get Vaccinated

बुटवल-पाल्पा सडकखण्ड १५ रात बन्द हुने, एम्बुलेन्स मात्रै चल्न पाउने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड १५ रात बन्द हुने भएको छ। सोमबारदेखि मंसिर ६ गतेसम्म रातको समयमा दैनिक आठ घण्टा सवारी आवागमन बन्द हुने डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ।

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत दोभान आसपास क्षेत्रमा सडक चौडा कार्यको लागि आवागमन बन्द गर्नु परेको हो।

डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार उक्त सडक खण्ड बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म गरी १५ रातसम्म बन्द हुने भएको हो। उक्त समयमा एम्बुलेन्स र सुरक्षाका सवारीसाधन मात्र सञ्चालन हुन पाउने उनको भनाई छ।

यद्यपी, उल्लेखित समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत सञ्चालन हुनेछन्। गुल्मीन्यूज डटकममा यो खबर प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया