Smoking Causes Cancer

धार्मिक पर्यटनको गन्तव्य बन्दै अर्घाखाँचीको प्रसिद्ध सुपादेउराली मन्दिर



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

अर्घाखाँची: लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लामा सुपादेउराली मन्दिर अवस्थित छ। यो मन्दिरमा दैनिक दर्शन गर्न आउने श्रद्धालुको घुईँचो लाग्ने गर्दछ। यस मन्दिरमा पुग्नाले मनोकांक्षा पुरा हुने जनविश्वास रहिआएको छ।

सोहि कारण पनि यसको महत्व दिन प्रतिदिन बढदै गएको देखिन्छ। आफ्ना मनोकामना पुरा होस भनि भाकल गर्ने विभिन्न प्रकारका प्रसाद फलफूल, रातो फुलकोमाला, ध्वजा, वस्त्र, चढाउने तथा पशु पक्षीको वलिपूजा दिने र परेवा उडाइ दिने व्यापक प्रचलन छ।

गोरुसिङ्गेबाट ४७ किलोमिटर सन्धिखर्क जाने सडकको किनार तथा महाभारत श्रृखलाको ठूलाठूला पहाडको खोँचमा प्रसिद्ध धार्मिक तीर्थस्थल सुपादेउराली मन्दिर रहेको छ।

सिंचाई
Forest
Ad.

प्राकृतिक सौन्दर्यले पनि सबै पर्यटकको मन लोभ्याउने यो मन्दिरलाई पनि प्रदेशको उच्च धार्मिक गन्तव्यको रुपमा विकास गर्नसके धार्मिक तथा पर्यटन प्रवर्धनमा टेवा पुग्ने देखिन्छ।

साथै यो जिल्लामा अवस्थित संस्कृत व्याकरण अष्टाध्यायीका रचनाकर पाणीनि ऋषिको तपस्थलीको गुफालाई पनि प्रचार प्रसारमा ल्याउन सके विश्वका तमाम संस्कृतमा रुचिराख्नेहरुको गन्तव्य थलो बन्न सक्छ र धार्मिक पर्यटनको विकास हुनेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया