Awareness

गुल्मीको मदानेमा १ दर्जन शिक्षक आवश्यकता, मासिक तलब ३६ हजार रुपैँया सम्म

खबर शैक्षिक खबर

Place for ads

गुल्मी: गुल्मीको मदाने गाउँपालिकाले विभिन्न तहका शिक्षक/शिक्षिकाको लागि आवेदन मागेको छ। गाउँपालिका अन्तर्गतका विभिन्न सामुदायिक विद्यालयहरुमा रिक्त रहेका विभिन्न तह र विषयका शिक्षकहरुको लागी करारमा नियुक्ति गर्न गाउँपालिकाले दरखास्त आह्वान गरेको हो।

बिहीवार विभिन्न विज्ञापनहरु मार्फत गाउँपालिकाले मावि तर्फ ६ र निमावितर्फ ६ गरी जम्मा १२ जना शिक्षक/शिक्षिका मागेको हो। गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्र बहादुर पछाईद्वारा हस्ताक्षरित सुचनाहरुमा मावि र निमावि तर्फ विज्ञान, बालीविज्ञान, अङ्ग्रेजी र गणित विषयहरुको लागि शिक्षक/शिक्षिकाको माग गरिएको जनाईएको छ।

Get Vaccinated

गाउँपालिकाले निम्न माध्यमिक (कक्षा ६-८) को लागि प्रथम पटक बिहीवार सुचना निकाल्दै विज्ञान विषयको लागि ३ जना र निम्न माध्यमिक तह (कक्षा ६-५) तर्फ गणित विषयको लागि २ र अंग्रेजीको लागि २ जना शिक्षक/शिक्षिका माग गरेको छ।

निम्न माध्यमिक तह अन्तर्गत विज्ञान, गणित र अंग्रेजी विषयको लागि आवेदन दिन चहानेहरु मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयहरुमा प्रविणता प्रमाण पत्र तह वा सो सरह उत्तीर्ण गरेको हुनपर्ने जनाईएको छ। त्यस्तै नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रतिलिपिहरु, अध्यापन अनुमति पत्रको प्रतिलिपि र व्यक्तिगत निवेदन पनि साथमै समावेश गर्नुपर्ने छ।

१८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाहरुबाट आवेदन गरिएको निमावि शिक्षक/शिक्षिकाको मासिक तलब २८ हजार २ सय रुपैँया हुने गाउँपालिकाले जनाएको छ। दरखास्त मंसिरको ०९ गते कार्यालय समयभित्र दिईसक्नु पर्नेछ।

त्यस्तै बिहीवार नै दोस्रो पटक सुचना निकाल्दै गाउँपालिकाले माध्यमिक (कक्षा ९-१०) को लागि विज्ञान विषय तर्फ ३ र गणित विषयको लागि १ गरी ४ जना शिक्षक/शिक्षिका माग गरेको छ।

Awareness by SKF

सम्बन्धित विषयहरुमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेका १८ बर्ष देखि ४० बर्ष सम्मका उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिएको विज्ञापनमा इच्छुकहरुलाई यही मंसिर ०२ गते भित्रै आवेदन दिन भनिएको छ। छानिएका माबी तहका शिक्षक/शिक्षिकाको मासिक तलब ३५ हजार ९ सय ९० रुपैँया रहने गाउँपालिकाले जनाएको छ।

उता बालविज्ञान र विज्ञान विषयको लागि तेस्रो पटक सुचना निकाल्दै गाउँपालिकाले थप शिक्षक/शिक्षिकाको लागि आवेदन समय थप गरेको छ। गाउँपालिकाले माबी तह (कक्षा ११-१२) को लागि बालिबिज्ञान विषयको लागि प्रशिक्षकको माग गरेको हो।

बालिविज्ञान विषयको लागि प्रशिक्षकको लागि आवेदन दिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विषय लिई स्नात्तकोत्तर तह वा सो सरह उत्तीर्ण गरेको वा सम्बन्धित विषयमा स्नातक तह उत्तिर्ण गरी एक वर्षको कार्य अनुभव भएकोहुनु पर्ने गाउँपालिकाले जनाएको छ।

गाउँपालिका लिखित, मौखिक र आवश्यकताका आधारमा प्रयोगात्मक परिक्षा मार्फत शिक्षक चयन गर्नेछ। शिक्षक सेवा आयोगको करार सूचीमा समावेश भएका उम्मेद्वारहरुलाई नियमानुसार सिफारिस गरी नियुक्ति गर्ने र यसरी नियुक्ति भई बाँकी रहेका पदमा मात्र परीक्षा संचालन गरी नियुक्तिका लागि सिफारिस गरी सम्बन्धित विद्यालयमा पठाउने गाउँपालिकाले जनाएको छ।

COVID-19

गाउँपालिकाले यस अघि नै मावि तह अन्तर्गत सामाजिक, भौतिक शास्त्र र प्रावि तर्फ रिक्त रहेका केही शिक्षक/शिक्षिकाको पद पुर्ती गर्ने काम अन्तिम चरणमा पुर्याएको छ। गुल्मीन्यूज डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *