Smoking Causes Cancer

धुर्कोटले एक दिने एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: धुर्कोट गाउँपालिकाले एक दिने एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ। नागरिकहरुलाई घरदैलो बाट प्रत्यक्ष रूपमा उपस्थित भई विभिन्न सेवा सुविधा उपलब्ध गराउने उदेश्यले घुम्ती शिविरको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

कात्तिक ३० गते गाउँपालिका-१, नयाँगाउँस्थित नयाँगाउँ स्वास्थ्य चौकीमा सञ्चालित शिविरबाट ६ प्रकारका सेवा सुविधा उपलब्ध गराउने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्क बहादुर थापाले बताउनु भयो।

घुम्ति शिविरमा भिडियो एक्सरे सहितको निःशुल्क स्वास्थ शिविर र औषधि वितरण, जेष्ठ नागरिक परिचय पत्र वितरण, अपांगता परिचय पत्र वितरण, व्यवसाय दर्ता तथा नविकरण, गाई, भैंसी र बाख्राको गोबर परिक्षण तथा बैंकबाट नयाँ खाता खोल्ने सेवा प्रदान गरिने छ।

सिंचाई
Forest
Ad.

नागरिकको माग तथा आवश्यककतालाई मध्यनजर गर्दै घुम्ती शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताए।ट जुन शिविरबाट नागरिकले अधिकतम सेवा सुविधा लिने अपेक्षा गाउँपालिकाले राखेको अध्यक्ष पोख्रेलले उल्लेख गरे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया