Awareness

बागलुङको गलकोटमा मन्दिर जीर्णोद्धार र‌ दिव्यधामको लागि धार्मिक महोत्सव हुँदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

कौरव खत्री, बागलुङ: बागलुङको गलकोटमा मन्दिर जीर्णोद्धार एवं विविध सेवा सहितको दिव्यधामको लागि बृहत धार्मिक महोत्सव गरिने भएको छ‌।

गलकोट नगरपालिका-९, रिस्मी छिस दरबारमा आँउदो मंसिर ६ देखि २० गतेसम्म पञ्चकुण्डीय हवनात्मक साङ्ग श्रीलक्ष्मीनारायण महायज्ञ तथा विश्व जागरणात्मक धार्मिक महोत्सव गरिने दिव्यधाम सञ्चालन तथा महायज्ञ सम्पादन समितिका अध्यक्ष इन्द्रमणि सापकोटाले जानकारी दिनुभयो।

२०२५ सालमा स्थापना भएको श्रीलक्ष्मीनारायण मन्दिरलाई जीर्णोद्धार गर्ने र विविध सेवा सहितको दिव्यधाम सञ्चालन गर्ने उद्देश्य अनुरुप धार्मिक महोत्सव गर्न लागिएको दिव्यधाम सञ्चालन तथा महायज्ञ सम्पादन समितिका उपाध्यक्ष नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो।

धार्मिक महोत्सवका आकर्षकको रुपमा सवा करोड बत्ती बाल्ने, सम्पूर्ण धर्मगुरुहरुको सहभागिता हुने सन्तहरुको कुम्भ मेला एवं झाँकी एंव सांगीतिक प्रस्तुतीहरु सहित आधुनिक तरिकाले महोत्सव गरिने कथा वाचक गुरु श्री सुदर्शन रामानुजदासजीले जानकारी दिनुभयो।

पन्ध्र दिनसम्म सञ्चालन हुने धार्मिक महोत्सवमा ५ करोड आर्थिक संकलन गर्ने उद्देश्य रहेको दिव्यधाम सञ्चालन तथा महायज्ञ सम्पादन समितिका सचिव ढगिन्द्र सापकोटले जानकारी दिनुभयो।

धार्मिक महोत्सव नजिकीदै गर्दा यतिबेला प्रचारप्रसार र व्यवस्थापन कार्यसँगै आर्थिक संकलन अभियानलाई समेत अगाडी बढाइएको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया