Smoking Causes Cancer

भैलो खेल्दाखेल्दै १३ वर्षिया बालिकाको बलात्कार



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

पाल्पा: पाल्पामा देउसी भैलो खेल्न निस्केका समूहकै एकजना युवकले १३ वर्षिया बालिकालाई बलात्कार गरेका छन्।

पाल्पाको रामपुर-१०, होङ्दीमा शुक्रबार राती ११ बजे सँगै भैलो खेलिरहेका १३ वर्षिया नाबालिकलाई सोही समुहका २५ वर्षिय नेत्र सारु मगरले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भैलो खेल्न निस्केकी ती बालिकालाई घरदेखि ८०० मिटर टाढा बारीमा लगेर करणी गरेको स्थानीयले देखेर प्रहरीलाई खबर गरिदिएका थिए। करणी भएको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय पाल्पा र हुँगी प्रहरी चोकीबाट प्रहरी परिचालन गरि बलात्कारका आरोपित सारुलाई नियनत्रण लिइएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले जानकारी दिए।

सिंचाई
Forest
Ad.

बालिकालाई स्वास्थ्य परीक्षण गराई संरक्षणमा राखिएको र सारुमाथि अनुसन्धान भईरहेको डीएसपी त्याँतीले बताए। बुटवल दैनिक डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया