Awareness

Get Vaccinated

वामी-विश्व सम्पर्क मञ्चद्वारा खगिसरा परियारको उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समितिद्वारा गुल्मी जिल्ला मुसिकोट नगरपालिका-६, कुर्घा (साविकको कुर्घा गाविस-७, गुर्जाङ्ग) निवासी चर्चित सहनाई वादक भिमबहादुर परियार (भिमे दाई) की श्रीमती खगिसरा परियारको उपचारार्थ आर्थिक सहयोग संकलन अभियान मार्फत संकलित रकम पिडित परिवारलाई हस्तान्तरण गरिएको छ।

अचानक पक्षघात अर्थात प्यारालाईसिस भएकोले उपचारार्थ पञ्चकन्या होमियोप्याथी तथा वैकल्पिक चिकित्सा अस्पताल प्रा.लि., बुटवल चौराहामा २८ दिन उपचार गराई थप उपचारको लागि भैरहवा लगिएको थियो।

परिवारको आर्थिक अवस्था निकै नाजुक रहेको आम्दानीको श्रोत केहि नभएको तथा हस्पिटलमा लागेको सम्पूर्ण खर्च पनि सबै ऋण लिएर गरेको कारणले गर्दा उहाँको उपचारार्थ संस्थाले आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो।

संस्थाको यस अभियानमा हातेमालो गर्दै हालसम्म वामी अर्जेवामा घर भई हाल जापानमा कार्यरत डिलाराम चालिसेले रु. ५,५५५/-, वामी सेरा घर भई हाल न्युजिल्यान्डमा कार्यरत कृष्ण प्रसाद खरेलले रु. ५,१५१ सहयोग रकम प्रदान गर्नुभएको छ।

त्यसैगरी वामी-विश्व सम्पर्क मञ्च, कोरियाबाट रु. १९,४५५ उपलब्ध गराइएको छ। जसमध्ये शाखाको कोषबाट ७३,५७५ कोरियन वन तथा हेमनाथ खराल, नुम रायमाझी, दिल सापकोटा, मुक्ति सापकोटा र प्रेम खत्रीले क्रमशः ३० हजार, ३० हजार, २० हजार,‌ २० हजार र २० हजार वन प्रदान गर्नुभएको हो।

Awareness by SKF

यसैगरी मुसिकोट-४, आरुपाटा घर भई हाल जापानमा कार्यरत गणेश कार्कीबाट रु. ५,०००/-, वामी भेडुवामा घर भई हाल चेक रिपब्लिकमा कार्यरत अशोक परियारबाट रु. ५,०००/-, वामी दाल्का घर भई हाल चेक रिपब्लिकमा कार्यरत विक्रम रायमाझीबाट रु. ५,१५१/-, वामी टोड्के घर भई हाल दुवैमा कार्यरत टुङ्ग बहादुर रायमाझीबाट रु. ५,०५१/- र वामी ढाबरोड घर भई हाल चेक रिपब्लिकमा कार्यरत संस्थाका अध्यक्ष समेत रहनुभएका बैकुण्ठ रायमाझीबाट रु. ९,९९९/- प्राप्त भएको छ।

जम्मा संकलित रकम रु. ६०,६४६/- मध्ये रु. ६,०५०/- वामी-विश्व सम्पर्क मञ्च, रुपन्देहीका सचिव विष्णु काफ्लेले अस्पतालमा लगेर पिडितलाई बुझाउनु भएको थियो भने बाँकी रकम रु. ५४,५९६/- यही कार्तिक १९ गते शुक्रवारका दिन संस्थाका मुल समिति उपाध्यक्ष डिलाराम खराल, सचिव रामचन्द्र सापकोटा, कोषाध्यक्ष महेश घिमिरे, मुसिकोट-६ का वडा सदस्य राम बहादुर पच्या, स्थानीय समाजसेवी ज्ञानहरि सापकोटा, कुल बहादुर खत्री लगायतको उपस्थितिमा गुर्जाङ स्थित बिरामी खगिसरा परियारको निवासमा पुगेर हस्तान्तरण गरिएको हो।

मानव सेवा र संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको यस संस्थाले सम्पूर्ण मनकारी सहयोगदाताहरु प्रति हार्दिक आभार व्यक्त गरेको छ। सहयोग अभियान सञ्चालन गर्ने वामी-विश्व सम्पर्क मञ्च, नौमती सांस्कृतिक समितिका अध्यक्ष बैकुण्ठ रायमाझी र महासचिव हेमनाथ खराल भन्नुहुन्छ, ‘सम्पूर्ण दानीमनका सज्जन त्यागी हृदय हुने समस्त तपाईंहरुलाई अनन्त सम्मान गर्दछौँ।

हजुरजस्ता धेरै सहयोगी मनहरुको कारण खगिस्वराले नवजीवन पाउनुभएको छ। तपाईं सबैलाई एकमुष्ट हार्दिक आभार व्यक्त गर्दछौं।‌ साथै रकम हस्तान्तरणका लागि चाडबाडको व्यस्त समयका बाबजुद पनि सहयोगग्राहीको घरै सम्म पुगेर सहयोग राशी हस्तान्तरण कार्यक्रम सम्पन्न गराइदिनु भएकोमा तपाईंहरु सबैलाई पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।’

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया