Hi-Speed Computer

Awareness Campaign

इस्मा गाउँपालिकामा घण्टे कर्मचारीको रजाई, राजा र रैतीको जस्तो व्यवहार गरेको गुनासो



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

तिलाचन पाण्डे, गुल्मी: इस्मा गाउँपालिकाका कर्मचारीहरुले कार्यालय समय भन्दा बाहिर काम गरेको भन्दै सरकारी सम्पत्तीमा रजाइँ गरेको रहस्य खुलेको छ।

गत आर्थिक बर्षको बैशाख देखि असार मसान्त सम्म तीन महिनाको अवधिमा झण्डै ३५२ घण्टा अतिरिक्त कार्य गरेको भन्दै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर घर्ती र लेखा प्रमुख अशोक खड्काले १ लाख ५ हजार ८२५ रुपैयाँ लिएका हुन्।

यस्तै कार्यालयमा काम गर्ने अन्य कर्मचारीहरुले पनि प्रोत्साहन भत्ता पाएता पनि आफूहरुलाई कामको आधारमा नभएको भन्दै उनीहरुले गुनासो गरेका छन्।

Forest
Forest
Ad.

पहुँचको आधारमा ठूलाबडाहरुले धेरै रकम लिएको र दिनरात खटिएर काम गर्ने अन्य कर्मचारीहरुलाई उपयोग मात्र गरिएको नाम नबताउने शर्तमा एक कर्मचारीले बताएका छन्।

कतिपय कर्मचारीहरुले आफूहरुको असन्तुष्टि रहेको भन्दै प्रोत्साहन भत्ता नलिएको बताउँदै आएका छन्। फागुनामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत र बैशाखमै आएका लेखा अधिकृतले पनि १ लाख ५ हजार ८२५ रुपैयाँ लिँदा दिनरात काममा खटिने कार्यालय सहयोगी र नगर प्रहरीले ८५० रुपैयाँ सम्म पाएका छन्।

‘राजा र रैतीको जस्तो व्यवहार भयो’
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महतले कर्मचारीहरु माथि राजा र रैतीको जस्तो असमान व्यवहार भएको बताएका छन्।

कामको आधारमा नभई पहुँचको आधारमा रकम लिएको जस्तो देखिएको र त्यो उपयुक्त नभएको उनी बताउँछन्। उनले पनि ८७ हजार ४६५ रुपैयाँ लिएका छन्। उनले बैशाख देखि असार मसान्त सम्म कार्यालय समय बाहेक झण्डै अधिकृत स्तरको २९२ घण्टा काम गरेको देखिन्छ।

Awareness by SKF

आफूले बुझेको रकम पनि आफैलाई धेरै लागेको उनी बताउँछन्। अन्य सबै कर्मचारीहरुलाई मिलाएर लैजाउँ भन्दा तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले सबैलाई मिलाएको बताएको महतले बताए।
सोही समय अवधिमा नै कार्यालयमा कार्यरत कर्मचारीहरुले काज समेत लिएको र प्रोत्साहन भत्ता पनि लिएको नाम नबताउने शर्तमा एक कर्मचारीले बताए।

कार्यविधि अनुसार नै लिएका हौँ: तत्कालिन प्रमुख प्रशासकीय अधिकृत
गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर घर्तीले आफूहरुले गाउँपालिकाले तयार पारेको कार्यविधि अनुसार नै प्रोत्साहन भत्ता लिएको बताएका छन्।

काम गर्दा केही गल्ती भएको हुन सक्ने भन्दै उनले गल्तीलाई महशुस गर्ने सजाय भोग्न परे पनि तयार रहने बताए। उनी हाल पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छन्।
बैशाख देखि लागु हुने गरी गाउँपालिकाले तयार पारेको कार्यविधिमा कार्यपालिकाको कार्यालयमा काम गर्ने अधिकृत स्तरको कर्मचारीले प्रतिघण्टा ३०० लिन पाउने उल्लेख छ।

सहायक स्तर चौथो, पाँचौ वा सो सरह वा वडा कार्यालयमा खटिने अधिकृत स्तरलाई समेतलाई प्रतिघण्टा २०० र श्रेणी विहीन कर्मचारीलाई प्रतिघण्टा १०० रुपैयाँका दरले लिन सक्ने गरी कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यविधि तयार छ।

वास्तविकता बुझ्न समिति गठन: अध्यक्ष विष्ट
यता गाउँपालिकाका अध्यक्ष लक्ष्मण विष्टले यसको बारेमा छानविन समिति गठन गरेको बताएका छन्। कर्मचारीहरुले बदमासी गरे भन्ने सूचना आफूकहाँ आएकाले वास्तविक र सत्य तथ्य बुझ्नका लागि समिति गठन गरिदिएको बताए।

छानविन समितिको प्रतिवेदन आएपछि मात्रै अन्य कुरा भन्न सकिने उनले बताए।

छानविन समिति नै अस्तायो
यता साउन २५ गते गाउँपालिकाले गठन गरेको छानविन समिति आफै अस्ताएको छ। छानविन समिति गठन गरेको झण्डै ३ महिना पुग्दा समेत समितिले अहिलेसम्म छानविन अगाडी बढाउने भन्ने बाहेक अन्य केही प्रक्रिया नै थालेको छैन।

गाउँपालिकाको लेखा समितिका संयोजक भोला सिंह थापाको संयोजकत्वमा वडा नम्बर ३ र ४ का वडा अध्यक्षले सहजिकरण गर्ने गरी बनेको समितिले केही पनि काम नगरेको समितिका सदस्य तथा वडा नम्बर ४ का वडा अध्यक्ष गनु अधिकारीले जानकारी दिए। खबरमार्केट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया