Clean Water Campaign

Awareness Campaign

बडिगाडमा जन्मेर अस्मिताले अष्ट्रेलियामा दिइन् काउन्सिलर पदमा उम्मेद्वारी



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

अष्ट्रेलिया: अष्ट्रेलियामा नेपालीहरको बसोबास बढ्दै गएसँगै यहाँको राजनीतिमा पनि नेपालीहरुको सहभागिता बढ्दै जान थालेको छ। अष्ट्रेलियाका मुख्य राजनीतिक दल लिभरल र लेबर पार्टीबाट मात्रै नभई स्वतन्त्र रुपमा समेत नेपालीहरुले उम्मेद्वारी घोषणा गरी चुनावी अभियान शुरू गरेका छन्।

यसैबीच ४ डिसेम्बर २०२१ मा हुन गइरहेको स्थानीय चुनावमा एक दशकदेखि अष्ट्रेलियाको सिड्नीमा बसोबास गर्दै आएकी अस्मिता खरेल पौडेलले काउन्सिलर पदमा उम्मेद्वारी घोषणा गरेकी छन्। क्यामेलटाउन काउन्सिलमा काउन्सिलर पदमा लेवर पार्टीको तर्फबाट अस्मिता खरेल पौडेलले चुनाव लड्ने निश्चित भएको उनका पिता टुङ्गनाथ खरेलले जानकारी दिए। क्याम्पेलटाउन क्षेत्रमा नेपाली लगायत बहुसांस्कृति समुदायका बाक्लो बसोबास रहेकाले आफ्नो जीत करिब सुनिश्चित जस्तै रहेको खरेलको भनाई छ।

४ बर्ष कार्यकाल रहने उक्त काउन्सिलमा लेवर पार्टीबाट लड्न लागेको भन्दै आफ्नी छोरीको निम्ती सहयोग गर्न यहाँ रहेका नेपालीहरुलाई आग्रह गरे। एनआरएनए अष्ट्रेलियाको अघिल्लो पटकको चुनावमा सदस्य पदमा चुनाव लडेकी अस्मिता तथा उनको परिवार २००८ मा अष्ट्रेलियामा आएको थियो। टुँगानाथले छोराछोरीलाई भने २०१० मा यहाँ ल्याएका थिए।

सिंचाई
Forest
Ad.

आफू आएपछि निरन्तर रुपमा एनआरएनएमा सक्रिय रहँदै आएका उनले हाल एनआरएनएको आजीवन सदस्यता लिएका छन्। उनीसहित उनका परिवारले लेवर पार्टीमा सदस्यता लिएको ६ बर्ष भयो। यस पटक हुन लागेको चुनावमा नेपालीहरुलाई पद दिने कुरा भएको थियो। सोही अनुसार लेबर पार्टीको अध्यक्ष मसुफ चौधरीले अस्मितालाई चुनावको टिकट दिने निश्चित गरेको उनले बताए।

४ डिसेम्बरको दिन न्यू साउथ वेल्स राज्यको १२८ वटा मध्ये १२४ स्थानीय निकायमा काउन्सिलरको लागि मतदान हुन गइरहेको छ। उक्त दिन आफ्नो उम्मेद्वारीमा साथ दिइ मतदान गर्न अस्मिताले रहाँ रहेका नेपाली मतदाता समक्ष आग्रह गरिन्।

आफ्नो निर्वाचन क्षेत्रमा रहेका हरेक वस्ती-वस्तीमा पुगी अस्मिताले आफ्ना चुनावी एजेन्डाहरु सार्वजनिक गर्दै मत मागिररहेकी छन्। यस क्षेत्रको राजनीति धेरै लामो समयदेखि देख्दै र जान्दै आएको भन्दै उनले अब नेपालीहरुका एजेन्डालाई पनि सरकारसामू उठाउने उद्देश्यले पनि उम्मेद्वारी घोषणा गरेको बताइन्।

आफ्नो उम्मेद्वारीले अष्ट्रेलियाको राजनीतिमा नेपालीहरुको प्रभाव बढाउन समेत सहयोग पुग्ने उनको विश्वास छ। अस्मिताले हाल अष्ट्रेलियामा आफ्नो अध्ययन पूरा गरी अपाङ्गताको क्षेत्रमा काम गर्दे आएकी छन्। त्यतिमात्र नभएर यहाँ नेपाली कला र संस्कृति जोगाउने उद्देश्यले आयोजित विभिन्न कार्यक्रमहरुमा उनको सक्रियता रहेको छ। उनको परिवार आफ्नो जन्मथलो नेपाल तथा बाग्लुङका विभिन्न आवश्यकताहरुमा सहयोग गर्दै आएको छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया