Smoking Causes Cancer

बन्द ईपीएस प्रणाली खुल्दै, रोकिएका नेपाली अब कोरिया जान पाउने



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: कोरोना महामारीका कारण २० महिनादेखि रोजगार अनुमति प्रणाली (ईपीएस) नोभेम्बरदेखि खुला गरिने भएको छ। नयाँ कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले पुनः प्रक्रिया सुरु गर्ने भएको हो।

दक्षिण कोरियाले श्रम मन्त्रालयका अनुसार ईपीएसमार्फत दक्षिण कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिने क्रम नोभेम्बर अन्तिम साता सुरु गरिने भएको हो।

पहिलो चरणमा कोरोनाका कारण रोकिएका ४८ जना नेपाली कामदार गत कार्तिक १० गते कोरिया गइसकेका छन। कोरोना महामारीका कारण लामो समयदेखि प्रक्रिया पूरा गरेर पनि नेपाली कामदार कोरिया जान पाइरहेका थिएनन्।

सिंचाई
Forest
Ad.

यससँगै अब रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरिसकेका नेपाली कामदार कोरोना महामारी कम भएसँगै दक्षिण कोरिया जान पाउने भएका छन्।

अझै सबै प्रक्रिया पूरा गरेका १० हजार श्रमिक दक्षिण कोरिया जाने पर्खाइमा रहेका छन्। दक्षिण कोरियालाई नेपाली कामदारका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रूपमा लिइन्छ।

ईपीएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेकामा कोरोना महामारी सुरु भएपछि रोकिएको थियो। नेपालबाट मात्र त्यहाँ हरेक वर्ष ५ हजारभन्दा बढी कामदार जाने गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया