Clean Water Campaign

Awareness Campaign

रुरुमा सातौँ भजन महोत्सव हुने, जेष्ठ नागरिक र असल बुहारीलाई सम्मान गरिने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

माधव ज्ञवाली, गुल्मी: रुरु धार्मिक सेवा सन्चारले भजन महोत्सव तथा भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ। आउँदो मंसिर २२ गते सातौँ भजन महोत्सव गर्ने आयोजकले जनाएको छ।

कार्यक्रममा विगतका बर्षहरुमा जस्तै दोहोरो शङ्ख बजाउने प्रतियोगिता, करोड प्रजलन, जेष्ठ नागरिक सम्मान, पत्रकार सम्मान, उत्कट कृषक सम्मान, असल बुहारी सम्मान, दानवीर सम्मान, दुना टपरी प्रतियोगिता, विभिन्न पाठ पारायण तथा विविध कार्यक्रम गर्ने आयोजक संस्थाका अध्यक्ष चुरामणि तिमिल्सिनाले जानकारी दिए।

भजन प्रतियोगितामा प्रथम पुरस्कार रु. ११ हजार प्रमाणपत्र, दितिय पुरस्कार रु ७ हजार र प्रमाणपत्र, तृतीय पुरस्कर रु ५ हजार र प्रमाण पत्र सान्त्वना पुरस्कार रु २ हजार प्रमाणपत्र प्रदान गरिने आयोजकले निर्णय गरेको छ। साथै सहभागी पुरस्कार रु १ हजार र प्रमाणपत्र समेत दिइने छ।

सिंचाई
Forest
Ad.

यसैगरि शङख बजाउने प्रतियोगिताका लागि प्रथम पुरस्कार रु. १५०० र प्रमाणपत्र दितिय पुरस्कर रु १ हजार र प्रमाणपत्र, द्वित्तिय पुरस्कार ७ सय र प्रमाणपत्र, सान्त्वना पुरस्कार २ जनालाई रु ५ सयका दरले प्रदान गरिनेछ।

यस्तै दुना टपरी तर्फ प्रथम हुनेलाई रु. २ हजार र प्रमाणपत्र दुत्तिय हुनेलाइ रु १५ सय र प्रमाणपत्र तृतीय हुनेलाइ रु१ हजार प्रमाणपत्र सान्त्वना हुनेलाई रु ५ सय दुई जनालाई प्रदान गर्ने आयोजकले जनाएको छ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा तानसेन नगरपालिका १३ र १४ का ८४ बर्ष पुगेका जेष्ठ नागरिक, रुरु गाउँपालिका ४देखि ६ वडा सम्म्का जेष्ठ नागरिक, कालीगण्डकी गाउँपालिका १ र २का जेष्ठ नागरिक रिब्दीकोट गाउँपालिका १ का ८४ बर्ष पुगेका र सत्यवती गाउँपालिका अस्लेवा १ का जेष्ठ नगरिक संमान गरिने छ।

Awareness by SKF

रुरुधाम रिडिमा कार्यक्रम अवलोकन गर्न आउने सम्पुर्ण भक्तजनहरुलाई भन्डाराको समेत व्यवस्था गरिने सम्पुर्ण पितृहरुको सम्झ्ना गर्दै श्रीमद भागवत पाठपारायण, वेद पाठ, चण्डी पाठ, शिवजिको पुजा, ग्रहशान्ति समेत गरिने, कार्यक्रममा रु १ हजार भन्दा माथि दान गर्ने दातालाइ सम्मान गरिने रुरु अनलाईन सन्चारका प्रधान सम्पादक विष्णु प्रसाद पाण्डेले जानकारी दिए।

कार्यक्रम रुरुक्षेत्र गाउँपालिकाको रुरुधाम रिडीमा गरिने छ। सेतोमसी डटकममा यो खबर प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया