Clean Water Campaign

Awareness Campaign

लुम्बिनी र गण्डकी प्रदेशका स्थानीय तहहरु धुर्कोट, ताराखोला र रुकुमपुर्व बिच अन्तर्क्रिया



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका तीन स्थानीय तह बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गुल्मीको धुर्कोट गाउँपालिका, बाग्लुङको ताराखोला गाउँपालिका र रुकुम पुर्वको सिस्ने गाउँपालिका बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको हो।

सिस्ने गाउँपालिकाको कार्यालयमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा स्थानीय तहले आफुले गरेका विकास निर्माणका कार्यहरु, पर्यटकीय क्षेत्रको विकास र सम्भाव्यता, आन्तरिक आय र आफ्ना अनुभवहरु राखेका थिए।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल, ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगर र सिस्ने गाउँपालिकाकी अध्यक्ष कुमारी बराल गौतमले स्थानीय सरकार सञ्चालन सम्बन्धि आफ्ना अनुभवहरु प्रस्तुत गरेका थिए।

सिंचाई
Forest
Ad.

साथै स्थानीय तहमा उत्पन्न हुने समस्या, विकास निर्माणमा देखिएका चुनौतीहरु कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो।

यसरी स्थानीय तहबिच अन्तरक्रिया गर्दा अनुभव साटसट हुनुका साथै काम गर्न सहज हुने धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेलले बताए।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोख्रेल र तारा खोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीमगरले सिस्ने गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष सहित गाउँपालिकाकालाई आफ्नो स्थानीय तहमा भ्रमण गर्न आउन निम्तो समेत दिएका छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया