Smoking Causes Cancer

निसीखोलामा सञ्चालन हुने तिहार विशेष मेलाको प्रमुख अतिथिमा अध्यक्ष पौडेल



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

बागलुङ: बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा तिहार विशेष कार्यक्रम २०७८ यहि कार्तिक २० गते देखि सञ्चालन हुने भएको छ।

जिल्लाको निसीखोला गाउँपालिका वडा नम्बर २ मा अवस्थित सनराईज युथ क्लबले आगामी कार्तिक २० गते देखि कार्यक्रम सञ्चालन गर्ने भएको छ। करिब एक दर्जन भन्दा बढी कार्यक्रम आयोजना गरिने मेलाका कोषाध्यक्ष चिना घर्तीले जानकारी दिनु भएको छ।

कोषाध्यक्ष घर्तीका अनुसार वडा स्तरीय पुरुष तथा महिला भलिबल, ३५ वर्ष माथिको मैत्रीपुर्ण भलिबल, माछा छोपाई प्रतियोगिता लगायतको कार्यक्रम सञ्चालन गरिने बताउनु भएको छ।

सिंचाई
Forest
Ad.

त्यस्तै उक्त आयोजित मेलाको भने कार्तिक २४ गते उद्घाटन गरिने भएको छ। निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलको प्रमुख आतिथ्यता रहने कार्यक्रममा उपाध्यक्ष शोभा कुमारी कार्की विशिष्ट अतिथि रहनुहुनेछ। त्यस्तै पालिकाका सम्पूर्ण वडाका वडा अध्यक्षहरुको आतिथ्यता रहनेछ। सोही दिन समाजसेवीहरुलाई पनि सम्मान गरिने कोषाध्यक्ष घर्तीले जानकारी दिनुभएको‌ छ।

त्यस्तै मेलाको अवसरमा राष्ट्रिय स्तरका चर्चित तथा ख्यातिप्राप्त कलाकारहरुको पनि सांगीतिक प्रस्तुति रहनेछ। मेलामा लोक तथा दोहोरी गायक बद्री पंगेनी, लोक तथा दोहोरी गायक राजु गुरुङ, द भ्वाइस अफ नेपालकी चर्चित गायिका तारा श्रीस लगायत अन्य कलाकार तथा स्थानीय कलाकारको पनि सांगीतिक प्रस्तुति रहने बताइएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया