Clean Water Campaign

Awareness Campaign

गुल्मीमा वन कुखुरालाई ताकेको बन्दुकले जब श्रीमती नै ढलिन्



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीमा दुई दिनअघि जंगलमा वन कुखरा मार्न भनि एक पुरुषले ताकेको बन्दुकको छर्रा लागेर उनकै श्रीमती ढलेकी छन्। गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

कार्तिक १५ गते राति करिब १० बजेको समयमा जिल्लाको मुसिकोट नगरपालिका-४, बडागाउँ काप्भलाका दिपक काउछा र उनकी ४२ वर्षीय श्रीमती वसन्ती काउछा घरबाट २ सय मिटरको दुरीमा पर्ने धारापानी जंगलमा वन कुखरा मार्न बन्दुक बोकेर गएका थिए।

सोही क्रमममा वन कुखुरालाई प्रहार गरेको गोलीको छर्रा उनकै पत्नीको ढाडमा लागेको थियो। घटनास्थलमै घाइते भएर ढलेकी वसन्तीको हाल छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। पारिवारिक स्रोतका अनुसार उनको पेटबाट गोलीका ४-५ वटा छर्रा निकालिएको छ।

सिंचाई
Forest
Ad.

जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेका अनुसार उक्त घटनाबारे प्रहरीलाई मंगलबार मात्र जानकारी भएको हो। बन्दुक प्रहार गर्ने दिपक सो घटना लगत्तै फरार भए पनि प्रहरीले सोही वडाको गजुङ्गा भन्ने स्थानमा लुकीछिपी बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया