Awareness

Dhurkot

गुल्मीदरबारमा आत्मनिर्भर बनाउने उद्देश्यले अचार बनाउने महिलालाई तालिम



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सन्तोष महतारा, गुल्मी: गुल्मीको गुल्मीदरबार गाउँपालिकाले महिलाहरुलाई उद्यमी बनाएर आत्मनिर्भर बनाउने उद्देश्यले ७ दिने अचार बनाउने तालिम दिएको छ।

Snow
Forest
Mountains

गाउँपालिका भित्रका २५ जना महिलालाई गाउँपलिकाको १ लाख आर्थिक सहयोग र ए फोर ट्रेनिङ सेन्टर रुपन्देहीको व्यवस्थापन सहयोगमा अचार बनाउने तालिम दिएको गाउँपालिकाले जनाएको छ।

तालिममा सहभागी महिलाहरुले गाउँपालिकाको यस्तो कार्यक्रमले आफूहरू उद्यमी बनेर आत्मनिर्भर बन्ने बताएका छन्। तालिममा सहभागी गाउँपालिकाको वडा नम्बर १ की मिना पुनले केही वर्ष अगाडि विदेश गएर आफूले भोगेको नमिठो अनुभव सुनाइन्। यस्तो तालिम आफुले पहिले पाएको भएमा बिदेश जान नपर्ने उनले बताइन्।

अब गाउँपालिकाले अचार बनाउने तालिम दिएकोले आफू व्यवसायीक रुपमा लागेर उद्यमी बन्ने प्रतिज्ञा गरिन्। त्यस्तै तालिममा सहभागी गाउँपालिकाको वडा नम्बर २ कि सरस्वती गौतमले तालिम पहिले गरिएको भएपनि यश तालिममा सक्रिय भएर सिकेको बताइन्। ७ दिने तालिमले अब आफू आत्मनिर्भर हुने आशा जागेको उनले बताइन्।

अन्य प्रकारका तालिम पनि गाउँपालिकाले आयोजना गर्नुपर्ने उनले बताएकी थिइन्। त्यस्तै तालिममा सहभागी अर्की महिला निशा पौडेलले आफू अब अचार बनाएर जीविकोपार्जन गर्न लाग्ने भन्दै आफू आफैमा आत्मनिर्भर बन्न सक्ने बनाइन्। यस्तो तालिम लिन आफूले अवसर पाएकोमा उनले गाउँपालिकाको प्रशंसा गरिन्। तालिममा सहभागी २५ जना महिलाले तालिमले एउटा आँट दिइरहेको बताएका थिए।

तालिममा प्रशिक्षक समेत रहेकी भगवती बस्यालले व्यवसायिक रुपमा निरन्तरता दिन तालिम लिने सबैलाई आग्रह गरिन्। घर वरपर हुने विभिन्न फलफूल, तरकारीहरुलाई अचारको रुपमा राखेर बर्षदिन सम्म प्रयोग गर्न सकिने उनले बताइन्।

ट्रेनिङ सेन्टरकी प्रवन्ध निर्देशक हेमा बेल्बासेले सीप सिकेर सबै आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन्। यस तालिमले महिला उद्यमी बन्न सफल हुने उनले बताइन् । सीप सिकेर श्रीमान् र श्रीमती दुवैले केही गरेमा घरमा घरायसी झगडा पनि नहुने उनले बताइन्।

Awareness by SKF

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न तालिमहरु दिएको बताए।

यसअघि डोजर अपरेटर तालिम समेत गाउँपालिकाले दिएको उनले बताए। सानो लगानीले महिला उद्यमी बन्ने भएकोले यस्तो तालिमको आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेको भनाइ रहेको थियो। महिलाहरु अचार बनाएर उद्यमी बन्न चाहिने आवश्यक पुर्वाधारमा पनि गाउँपालिकाले सहयोग गर्ने उनले प्रतिबद्धता जाहेर गरे।

गाउँपालिकाको चिनारीका साथ अचारलाई व्यवसायीकरण गर्न समेत उनले तालिम लिएकाहरुलाई आग्रह गरे। सहभागी सबैलाई गाउँपालिकाले प्रमाणपत्र हस्तान्तरण गरेको छ। प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिकाका कार्यावाहक अध्यक्ष तथा उपाध्यक्ष मिना भण्डारीले सीप सिकेर सबै महिला आत्मनिर्भर बन्न आग्रह गरिन्।

गुल्मीदरबार गाउँपालिकाको चिनारीका साथ तम्घास, बुटवल, भैरहवा र काठमाडौ सम्म अचार पुराएर गाउँपालिकाको उत्पादनलाई जताततै चिनाउन उनले आग्रह गरिन्।

तालिम लिइसकेपछि अब व्यवसायका रुपमा अगाडि बढाउन उनले आग्रह गरिन्। सीप र शिक्षालाई महत्त्वका साथ दिएर व्यवसाय गर्न जोड दिएकी थिइन्। गाउँपालिकामा उत्पादन हुने अकबरे खुर्सानी, लाम्चो खुर्सानी, आँप, तामा, अमला, अदुवा, लसुन, ठूलो करेला, तिते करेला, कागती, मेथि लगायतका ११ प्रकारका अचारहरु महिलाहरुले उत्पादन गर्न सिकेका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया