Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा खर काट्ने क्रममा लडेर एक र ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मीः गुल्मीमा खर काटने क्रममा लडेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ५ हसराका ४९ बर्षीय तुल्सीराम भण्डारीको मंगलबार खरकाटने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।

यता गुल्मीमै ट्याक्टरले ठक्कर दिँदा ७८ बर्षीय वृद्धाको मृत्यु भएको छ।

Forest
Forest
Ad.

जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्वर ४ बीरबारमा लु ४ त २८४७ नम्वरको टयाक्टरले पैदल हिडिरहेकी गुल्मीदरबार गाउँपालिका वडा नम्वर २ की ७८ बर्षीय देबकुमारी रानालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको पाल्पामा उपचारको क्रममा मृत्यु भएको पाण्डेले जानकारी दिए।

ट्याक्टर चालक गुल्मीदरबार गाउँपालिका-२ का २२ बर्षीय महेन्द्रकुमार घर्ती प्रहरीको नियन्त्रणमा रहेको पाण्डेले बताए।

 

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया