Hi-Speed Computer

Awareness Campaign

बागलुङ जिल्ला भित्र राती १० बजे पछि देउसी भैलो खेल्न नपाइने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

बागलु‌ङ: बागलुङमा राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय बागलुङले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायमै रहेको हुँदा सुरक्षालाई मध्यनजर गरी राती १० बजेभन्दा पछि देउसी भैलो खेल्न नपाईएको जनाएको छ।

संक्रमण अझै नियन्त्रणमा नभएको र चाडबाडमा स्वास्थ्य मापदण्डको पूर्ण पालन गर्नु पर्ने प्रशासकीय अधिकृत सूर्यलाल विश्वकर्माले बताउनुभयो। उहाँले तिहारको समयमा विद्युतीय उपकरणहरु बाली दिपावली मनाउँदा आगलागी हुने र करेन्ट लाग्न सक्ने यस्ता उपकरण प्रयोग गर्दा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

चाडपर्वको समयमा मादकपदार्थ सेवन गर्ने, सवारी साधनमा जथाभावी यात्रु राख्ने, लुटपाट, चोरी डकैती जस्ता घटना हुने भएकाले सजगता अपनाएर चाडपर्व मनाउन प्रशासनले आग्रह गरेको छ। तिहारमा पटका लगायतका बारुदजन्य पदार्थको प्रयोगले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने भएकाले त्यसको प्रयोग नगर्न प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले आग्रह गनुभयो।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया