Awareness

गुल्मीको रेसुङ्गामा ७ करोडको लगानीमा ‘गर्जुरा रेसुङ्गा पर्यटन पार्क’ बन्ने

खबर पर्यटन

Place for ads

गुल्मी: गुल्मीको रेसुङ्गा क्षेत्र सँगै गर्जुरा पर्यटकीय पार्क बन्ने भएको छ। रेसुङ्गा क्षेत्रसँगै जेडिएको स्थानमा ‘गर्जुरा रेसुङ्गा पर्यटन पार्क’ बन्न लागेको हो।

पार्कको मंगलबार रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमका बिच शिलान्यास गरेका छन्। पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा पर्यटकीय पार्क बन्न लागेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए।

Get Vaccinated

पार्क निर्माणको लागि नागरिक उड्ययन मन्त्रालयको ७० प्रतिशत र रेसुङ्गा नगरपालिकाको ३० प्रतिशत लगानी रहेको छ। पार्क निर्माण गर्नका लागि ७ करोडको लागत स्टिमेटमा ठेक्का गरिएको थियो।

पर्यटकीय पार्कको धुलिखेल, अर्जुन न्यू लीला जेभी तम्घास गुल्मीले निर्माणको जिम्मा लिएको छ। पार्कको ५ करोड ५९ लाख ५३ हजार रुपैयाँको लागतमा २०७९ साल फागुन ३० गते सम्पन्न गर्ने गरी सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताए।

जंगल क्षेत्रमा निर्माण हुन लागेको पर्यटकीय पार्कमा जैविक उपायोगितालाई क्षति नगरिकन काम अगाडि बढाइने भएको मरासिनीले बताए। पार्कको शिलान्यास गर्दै नगर प्रमुख भुसालले रेसुङ्गा क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले गर्जुरामा पर्यटकीय पार्क बनाउन लागिएको बताए।

पार्क क्षेत्र ३ दशमलव ९६ हेक्टर क्षेत्रफलमा फैलिएको छ। पार्कभित्र भ्युटावर, भिरमा पिङ्ग, पाँचवटा पिकनिक ट्रस, फोटोग्राफी जोन, बालबालिकाका लागि प्लेजोन, पिकनिक स्पोट, भलिबल र ब्याडमिन्टन मैदान, शौचालय, टिकट काउन्टर लगायत रहनेछन्।

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *