Clean Water Campaign

Awareness Campaign

मुसिकोटकी सरस्वतीको उपचार गर्न कांग्रेस गुल्मी-काठमाडौं सम्पर्क समितिद्वारा आर्थिक सहयोग



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: नेपाली कांग्रेस गुल्मी-काठमाडौं सम्पर्क समितिले गुल्मी जिल्ला मुसिकोट नगरपालिका-३, बडागाँउ भराह बस्ने एक महिलाको उपचारमा सहजता ल्याउन आर्थिक सहयोग गरेका छन्।

साविकको बडागाँउ बस्ने कर्ण बहादुर खासुको छोरा पवन खासु मगरको पत्नी २४ वर्षकी सरस्वती खासूको उपचारको निम्ति सहयोग गरिएको हो। मृगौलामा समस्या भएको कारण खासु यतिबेला वीर अस्पतालमा उपचार गराइरहेकी छन्।

उपचारको लागि पाल्पा हुँदै काठमाडौं विर अस्पतालमा भर्ना भएकी उनलाई प्रारम्भिक उपचार गर्न आवश्यक रकम ३६ हजार १ सय ५ रुपैया समितिका उपाध्यक्ष कृष्ण प्रसाद खरेलसहितको टोलीले हस्तान्तरण गरेको हो।

सिंचाई
Forest
Ad.

उपचारमा आर्थिक समस्या भएको र परिवारको अर्थ जुटाउने स्रोत पनि नभएको अवस्थामा सहयोग स्वरुप उक्त रकम समितिको तर्फबाट बुझाइएको खरेलले बताए। सो सहयोगले पिडितको उपचार सुरुवात गराउन सहयोग पुग्ने अपेक्षा गरिएको खरेलले बताए। उनका अनुसार समितिका विभिन्न पदाधिकारीहरुबाट थोरै धेरै रकम जुटाएर उनलाई प्रदान गरिएको हो।

उक्त रकम ग्रहण गर्दै सरस्वतीले समितिप्रति आभार व्यक्त गरिन् । यस रकमले आफ्नो जीवन रक्षामा मद्ध पुग्ने भन्दै समिति तथा समितिका पदाधिकारीहरुलाई धन्यवाद दिदै उनले खुशी प्रकट गरेकी थिइन् । सहयोग हस्तान्तरण कार्यक्रममा खरेलसहित समाजसेवी परमेश्वर घिमिरे लगायत उपस्थित भएका थिए ।

समितिले उनको थप उपचारको निम्ती पनि सहयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ। दैनिक ज्याला मजदुरी गरी दुई छाक टार्ने परिवारमा लाखौं खर्च लाग्ने गरी बिरामी बुवालाई परेपछि यतिबेला सहयोगको याचना गरिएको छ। समितिले कोभिड महामारीको कारण गरिएको लकडाउनको अवधिमा समस्या परेका मानिसहरु, बाढीपहिरो प्रभावित तथा विभिन्न कारणले समस्यामा परेका मानिसहरुको कल्याणको निम्ती विभिन्न सहयोगात्मक कार्यहरु गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया