Hi-Speed Computer

Awareness Campaign

गुल्मीको मुसिकोटमा जिप दुर्घटना हुँदा २ जना घाईते



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

कमल पौडेल, गुल्मी: गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १ छिसखोला छहरा झरना नजिकै जिप दु-र्घटना हुँदा २ जना घा,ईते घाइते भएका छन्।

वामीटक्सार देखि पौंदि अमराई जाँदै गरेको लु २ च ७८२५ नं. को डबलक्याप बलेरो जिप मुसिकोट नगरपालिका वडा नं. १ छिसखोला छहरा झरना नजिकै दु,र्घटना हुँदा २ जना घा,इते भएका छन्। मुसिकोट नगरपालिका वडा नं. १ का १९ वर्षिय खिमा हितान तथा सोहि स्थानका ३५ वर्षिय सुनिता हितान घाइते रहेको प्रहरीले जनाएको छ।

घा,इते मध्ये खिमाको टाउकोमा चोट रहेको र थप उपचारको लागि पाल्पा पठाएको र अर्का घा,इते सुनिताको खर्वाङमा रहेको स्थानिय मेडिकलमा उपचार पछि घर फर्किएको मुनपा १ का वडा अध्यक्ष पूर्ण बहादुर हितानले जानकारी दिनुभएको छ।

Forest
Forest
Ad.

१२ जना सवार सो गाडिमा रहेका अन्य यात्रुको अवस्था सामान्य रहेको छ। उकालोमा ब्रेक फेल हुँदा सो दु,र्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ।

अहिले गाडि चालक मनोज थापा पौंदि अमराई प्रहरी चौकीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भैरहेको घटनास्थलमा रहनुभएका वामीटक्सार प्रहरी चौकीका ट्राफिक प्रहरी सुनिल थापाले जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया