Awareness Campaign

गुल्मीमा १३ वर्षीय बालकले रोकिराखेको ट्र्याक्टर चलाउदा दुर्घटना



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मीमा १३ वर्षीय बालकले ट्र्याक्टर चलाउन खोज्दा दुर्घटना भएको छ। जिल्लाको सदरमुकाम तम्घासस्थित पुतली बजारमा रोकिराखेको लु ४ त ८७७२ नम्बरको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

उक्त ट्र्याक्टर धुर्कोट गाउँपालिका-१, नयाँगाउँका १३ वर्षीय बालक सुमन रानाले चलाउँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी सुचना अधिकारी पुरुषोत्तम पाण्डेले बताए। बिना चाबि नै बालकले विभिन्न प्रविधि मिलाएर ट्र्याक्टर स्टार्ट गरेर चलाएको बताइएको छ। केही समय अघि पनि उनले धुर्कोटमा जिप चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा कुनै मानवीय क्षेती नभए पनि एक वटा मोटरसाइकल र पसलमा क्षती पुगेको छ। ट्र्याक्टर चलाउने बालक र ट्र्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको गुल्मी प्रहरीले जनाएको छ। निष्पक्ष खबर डटकममा यो खबर छ।

Forest
Forest
Ad.

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया