गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा एक हप्ते मदाने प्याराग्लाइडिङ महोत्सव सुरु भएको छ। मदाने युवा क्लवको १२ औँ बार्षिकोत्सवको अवसरमा क्लवको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा प्याराग्लाइडिङ महोत्सव संचालन गरिएको गाउँपालिकाले जनाएको छ।
शुक्रबार प्याराग्लाइडिङ महोत्सवको कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले एक कार्यक्रमका साथ उद्घाटन गरेका छन्। प्याराग्लाइडिङ महोत्सवले गाउँपालिका भित्र रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले बताए।
यस क्षेत्रमा प्याराग्लाइडिङ उडानलाई निरन्तरता दिन सकेमा गाउँपालिकाले आर्थिक लाभ लिन सक्ने भएकाले महोत्सवलाई सफलताको शुभकामना प्रमुख अतिथि पराजुलीले दिए।
प्याराग्लाइडिङमा उडेर मदाने गाउँपालिकाका दृश्य संगै रमाउँदै गाउँपालिकाका सुचना अधिकारी ऋषि पोखरेल प्याराग्लाइडिङ महोत्सव मदाने २ बाँझकटेरीमा कार्तिक ११ गते देखी १९ गते सम्म हुनेछ। ११ र १२ गते प्याराग्लाइडिङको परिक्षण गरिएको छ।
शुक्रबार पनि प्याराग्लाइडिङ उडान गरिएको छ। प्याराग्लाइडिङ बाँझकटेरीको थामकोटबाट उडेर सिर्सेनी म्यालपोखरी आडचौरमा अबरण गर्ने ब्याबस्था मिलाईएको मदाने गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले बताए।
प्याराग्लाइडिङ उडानको लागि प्रतिव्यक्ति दुई हजार तोकिएको छ। प्याराग्लाइडिङमा उडेपछी कंके देउराली, मदाने लेक, टोप्रे लेक ,मालिका, सुन्दर हिमालका दृश्य, पनाहा खोला, सुन्दर बस्ती लगाएतका बिभिन्न महत्व बोकेका पर्यटकीय तथा धार्मिक स्थलहरुको अवलोकन गर्न सकिने छ।
प्याराग्लाइडिङ उडानलाई यो समय उचित र नेपालका १० स्थान मध्ये मदाने गाउँपालिका पनि एक रहेको स्काई लाइन प्याराग्लाइडिङका संचालक तथा पाइलट भुवन गाहाले जानाकारी दिए।
यो स्थान प्याराग्लाइडिङ उडानको लागी पोखरा भन्दा आकर्षक रहेको रउडानलाई निरन्तरता दिन सके व्यावसायिक रुपमा प्याराग्लाइडिङ संचालन गर्न सकिने पाइलट गाहाले बताए।
प्याराग्लाइडिङ कार्तिक १३ गतेदेखी १९ गते सम्म दैनिक उडान हुनेछ। दैनिक पाँच जना पाइलटले ३० देखि ४० जना उडाउन सक्ने पाइलटले बताएका छन्। प्याराग्लाइडिङ बाट गाउँपालिका संगै छिमेकी स्थानीय तहका पर्यटकीय संगै धार्मीक स्थलको दृश्यावलोकन गर्ने सकिने छ।
गाउँपालिकाको कथुरे डाडाँबाट २०७६ सालमा गुल्मीमै पहिलोपटक प्याराग्लाइडिङको सफल परिक्षण गरिएको थियो। छड्के न्युजमा यो खबर प्रकाशित छ।