Smoking Causes Cancer

प्राकृतिक सुन्दरताले भरिपूर्ण घुम्नै पर्ने ठाउँ बागलुङको राजकोट नरसिंह कोट



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गिरीजा कुँवर, बागलुङ: प्राकृतिक सुन्दरताका हिसाबले नेपाल भरिपूर्ण देश हो। यहाँ आन्तरिक तथा बाह्य पर्यटक घुम्न रमाउन र आनन्द लिन आउने गर्छन्। यस्ता थुप्रै पर्यटकीय स्थलहरु मध्येको एक हो बागलुङको नरसिंह कोट।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका-७, राजकोत साविकको राजकोत गाउँ विकास समितिमा पर्ने नर्सिंह कोट दुरिको हिसाबले सदरमुकाम देखि धेरै टाढा पर्दछ।

बाइसे तथा चौबीसे राज्यको समयमा नरसिंह नाम गरेका भुरे राजाले यहाँ राज्य सञ्चालन गरेर बसेका थिए। उनै राजाको नामबाट यसको नामाकरण गरिएको छ। यिनै राजा बसेको स्थान र नाम जोडेर यसलाई नरसिंह कोत नाम राखिएको छ।

सिंचाई
Forest
Ad.

नरसिंह कोट र टाकुरा यस वडा तथा पालिकाको मुख्य पर्यटकीय गन्तव्य बोकेको स्थान रहेको छ। नरसिंह कोट तथा टाकुरामा हरेक जसो आन्तरिक पर्यटक घुम्न आउने गर्दछन्। नरसिंह कोट देखि नेपालको नमुना सहरहरु मध्यको एक तथा बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार प्रष्ट देख्न सकिन्छ। त्यस्तै धौलागिरी हिमाल लगायत थुप्रै हिम शृङ्खलाहरु पनि देख्न सकिन्छ।

त्यस्तै गुल्मी, प्युठान, म्याग्दी, रुकुम लगायत थुप्रै जिल्लाहरु पनि यहाँबाट अवलोकन गर्न सकिन्छ। नरसिंह कोत तथा टाकुरा देखि मनोरम तथा सुन्दर दृश्यहरुको पनि अवलोकन गर्न सकिन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया