Smoking Causes Cancer

गुल्मीको धुर्कोट गाउँपालिकामा तिहारमा कृत्रिम फूलको माला प्रतिबन्ध



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीको धुर्कोट गाउँपालिका तिहारमा लगाइने फूलको मालामा आत्मनिर्भर बनेको छ। जनप्रतिनिधिहरुले जिम्मेवारी सम्हालेपछि दोस्रो गाउँसभाबाट घर-घरमा फूल उत्पादन गरी कृतिम माला बहिष्कारको घोषणा गरिएको थियो।

सोही अनुरुप अनिवार्य घर-घरमा फूल रोप्ने अभियान सुरु गरिएको हो। अहिले धुर्कोट फूलमा आत्मनिर्भर बनिसकेको छ। गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले भने, ‘हामीले प्लास्टिकको कृत्रिम फूलको माल बेच्न र किन्नलाई बन्देज गरेका छौँ।’

उनले थप भने, ‘कसैले व्यावसायिक फूल खेती गरेका छैनन्। आफ्नो घरलाई पुग्ने फूल फुलाएका छन्।’ गाउँपालिकाको यस अभियानबाट वर्षेनी लाखौं रकम बच्ने आँकलन गरिएको छ। न्यूज २४ नेपालमा यो खबर प्रकाशित छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया