Clean Water Campaign

Awareness Campaign

मुसिकोटको मुसिकोट माविमा प्रतिमा राना स्मृति अक्षय कोष स्थापना



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

विष्णु प्रसाद आचार्य ‘चकित’, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा प्रतिमा राना स्मृती अक्षयकोष स्थापना भएको छ। मुसिकोट नगरपालिका वडा नम्बर ४ स्थित मुसिकोट माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो।

पृथ्वी माध्यमिक विद्यालय, मुसिकोट-३ का भूतपूर्व विद्यार्थी २०६१ को एसएलसी समूहले आफ्नो सहपाठी प्रतिमा रानाको स्मृतिमा उक्त कोष स्थापना गरेको सुमेन्द्र सिंह ठकुरीले जानकारी दिनुभयो।

यसअघि मुसिकोट नगरपालिका-२, जलजके घर भएकी सहपाठी बिना थापाको स्मृतिमा २०७४ सालमा तीन लाख बराबरको पृथ्वी माध्यमिक विद्यालयमा अक्षयकोष स्थपना गरेको समुहले यसपाली मुसिकोट माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेको हो।

सिंचाई
Forest
Ad.

गल्कोट नगरपालिका-९, बाँसखोला घर भएकी सहपाठी प्रतिमा रानाको स्मृतिमा स्थपना गरिएको रु. एक लाख ८० हजार बराबरको स्मृति अक्षयकोषबाट प्राप्त भएको ब्याज रकमको वार्षिक १८ प्रतिशतले हुन आउने रकमबाट ११ प्रतिशतले हुन आउने रकम विद्यालयको लागि खर्च गरिने गरि स्थपाना गरिएको बताइएको छ।

त्यस्तै १० प्रतिशतले हुन आउने रकम सावामा थप्ने, ३० प्रतिशतले हुन आउने रकम एसइइ पास गरेका ११ मा भर्ना हुने गरिब विद्यार्थीको लागि १/१ छात्रछात्रालाई भर्ना शुल्कमा सहयोग गर्नेगरि कोष स्थापना गरिएको छ।

कोष रकमको ब्याजबाट प्राप्त रकममध्ये ४९ प्रतिशतले हुन आउने रकम ४ जना अनाथ,दीनदुखी विद्यार्थीहरुको लागि छात्रवृत्ति स्वरुप उपलब्ध गराउने गरि अक्षयकोष स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक श्याम बहादुर थापाले बताउनुभयो।

कार्यक्रममा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष गुप्त बहादुर कार्कीको प्रमुख आतिथ्यता, विद्यालयका समिति अध्यक्ष चिना बहादुर सिंहको विशिष्ट आतिथ्यता, विद्यालयका प्रधानाध्यापक श्याम बहादुर थापा, स्थानीय समाजसेवी केशव सिंह, सहपाठी विजया सिंह लगायतको सहभागिता रहेको थियो।

Awareness by SKF

अक्षयकोष स्थापना समूहका त्रिभुवन मल्लको सभापतित्व रहेको कार्यक्रममा कोष संयोजक समेत रहनुभएका दिनेश सिंह ठकुरीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन महेन्द्र बगालेले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया