गुल्मी: कात्तिक ३ गतेदेखि बन्द रहेको जिल्लाको रिडी रुद्राबेनी सडकखण्ड अझै सुचारु हुन सकेको छैन।
रिडी रुद्रबेनी सडकखण्डको साँघुरेमा सडक माथिबाटै ठूलो पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो।
अबरुद्ध सडक खुलाउनका लागि गौडाकोट राम्दी मालढुंगा सडक आयोजना कार्यालय पाल्पाले डोजर प्रयोग गरी सडक खुलाउने प्रयास गरेको थियो। पहिरोको बिचमा ठूला-ठूला ढुङ्गाहरु भएकाले डोजरको प्रयोग गरी सडक खुलाउन नसकिएको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले जानकारी दिए।
डोजरको प्रयोग गरी सडक खुलाउन नसकिएकाले बुधबार जिल्ला सुरक्षा समितिको बैठकले नेपाली सेनालाई बिस्फोट गर्न दिने निर्णय गरेको पौडेलले बताए। शुक्रबार (आजबाट) नेपाली सेनाले काम सुरु गर्ने पौडेलले बताए।
सडक अवरुद्ध भएपछि शान्तिपुर, चोरकाटे, बुर्तिबाङबाट बुटवलका लागि छुटने सवारी साधन कालीगण्डकी करिडोर हर्मिचौर, मिर्मी हुँदै बुटवल जाने गरेका छन्।