Clean Water Campaign

Awareness Campaign

गुल्मीमा एक मात्र महिला नेकपा एमाले पालिका अध्यक्षकी दाबेदार



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेकपा एमालेको पालिकास्तरीय अधिवेशनमा गुल्मीका १२ वटा पालिकाहरु मध्ये एकमात्र पालिकामा महिलाले अध्यक्षको दावेदारी गरेकी छन्।

मदाने गाउँपालिकाकी सरिता खड्काले गाउँ कमिटी अध्यक्ष पद दाबी गरेकी हुन्। अन्य सबैतिर उपसचिव पद महिलालाई कोटा नै छुट्टाए जस्तो गरि राखिएको छ।

मदाने गाउँपालिकाकी उपाध्यक्ष समेत रहेकी खड्काले पुरुषहरूसँग प्रतिस्पर्धा गर्न तयार रहेको अडान लिएकी छन्। अध्यक्ष पदका लागि खड्कासहित प्रेम घिमिरे, प्रेम केसी, चक्रबन्धु भुसाल मैदानमा छन्।

सिंचाई
Forest
Ad.

त्यस पालिकाका अध्यक्ष तथा एमाले जिल्ला नेता दानबहादुर केसीले शुक्रबार जिल्लाबाट उपाध्यक्ष वालसिंह काउछा, कार्यालय सदस्य हिरा एसी लगायतका नेताहरु सहमति जुटाउने बताए।

यस्तै गुल्मीको धुर्कोट गाउँपालिकामा पनि अधिवेशन हुन सकिरहेको छैन। हिमप्रसाद पन्थी र लोकबहादुर केसीले अध्यक्ष पदको दाबी गरेका छन्। धुर्कोट र मदाने गाउँपालिकामा सहमतिका लागि अन्तिम प्रयास हुनेर र सहमति नजुटे मतदान प्रकृयामा जाने उनको भनाइ छ। रातोपाटी डटकममा यो खबर प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया