Smoking Causes Cancer

११ वर्षिया बालिका श्रृष्टीको भरमा चल्छ बागलुङ बडिगाडको यो परिवार (भिडियो सहित)



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

बागलुङ: बागलुङ जिल्लाको बडिगाड गाउँपालिका-९ का बोम बहादुर विकको परिवारमा बिचल्ली छ। बिमारीले थला परेका बोम बहादुरका एक छोरा १५ बर्ष देखि बेपत्ता छन्। उनको परिवारमा उपचार त के हातमुख जोर्नै धौधौ छ।

परिवार जसको आधारमा चल्दै थियो अहिले उनी थला परेका छन्। परिवारमा सबै अपाङ्गता भएका छन्। कोही बोल्न सक्दैनन् त कोही हिँडडुल गर्न।

बोम बहादुरकी श्रृष्टी विक अहिले भर्खर ११ वर्षकी भइन्। ३ कक्षामा पढ्ने उनी धेरै पढेर बाबाआमा र परिवारलाई सुख चाहन्छिन्। तर यस चाहनामा उनको पारिवारिक अवस्था नै तगारो बनेको छ। उनको बाल्यकाल उनीबाट खोसिएको छ। खेल्ने र पढ्ने उमेरमा परिवारको सहारा बन्नुपरेको छ।

सिंचाई
Forest
Ad.

कार्यक्रम संघर्षको कथाका सञ्चालक दिपक नेपालीले यस परिवारको बिचल्लीको कथालाई समेटेर रिपोर्ट तयार पारेका छन्। आउनुहोस्, हेरौँ र यस परिवारलाई सक्दो सहयोग गरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया