Hi-Speed Computer

Awareness Campaign

बागलुङमा दिदीलाई बलात्कार गरेको आरोपमा एक युवा पक्राउ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङको बैंकमा कार्यरत एक युवालाई पक्राउ गरेको छ। कैलालीको जोसिपुर गाउँपालिका वडा नम्बर १ घर भई बागलुङमा बैंकमा काम गर्दै आएका २६ वर्षीय युवालाई जिल्ला प्रहरी कार्यालय बागलुङले बुधबार पक्राउ गरेको हो।

युवकले केही वर्ष पहिलेदेखि ति महिलालाई धर्म दिदी बनाएर तिहारमा भाइ टीका लगाउँदै आएको पाइएको छ। महिलालाई युवाले कात्तिक ३ गते बलात्कार गरेको आरोप छ।

पीडित महिलाले सात दिनपछि कात्तिक १० गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएपछि आरोपित युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए।

Forest
Forest
Ad.

प्रहरीले युवकलाइ नियन्त्रणमा लिएर यस विषयमा अनुसन्धान सुरू गरेकाे प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए। पछिल्लाे समय बागलुङमा यस प्रकारका घटनाहरू बढ्न थालेका छन्। निष्पक्ष खबर डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया