Smoking Causes Cancer

गुल्मी समाज जापानको अधिवेशन सम्पन्न, अध्यक्षमा चुनिए अधिकारी



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मी समाज जापानको चौथो अधिवेशन सम्पन्न भएको छ। कार्य समिति तर्फ अध्यक्ष पदमा गुल्मीको ईन्द्रेगौँडा निवासी महेन्द्र कुमार अधिकारी सर्व सम्मत चयन भएका छन्। जापानको विभिन्न प्रान्त र विभाग हेर्ने गरि उपाध्यक्ष ७ जना निर्वाचित भएका छन्।

निर्वाचित हुनेहरुमा दयाराम खरेल, बाबुराम खरेल, टिकाराम खरेल, रामप्रसाद ढकाल, फर्शुराम न्यौपाने, रामप्रसाद गौतम र लक्ष्मी महार्जन केसी रहेका छन्। त्यस्तै संगिता कुँवर महासचिवमा निर्वाचित भएकी छन्।

सचिव पदमा कृष्णप्रसाद पोखरेल, दिलिप थापा , शिसिर न्यौपाने, नेत्र पाण्डे र सुधीर भण्डारी निर्वाचित भएका छन्। कोषाध्यक्षमा जितेन्द्र केसी र सहकोषाध्यक्षमा निशान जिसी निर्वाचित भएका छन्।

सिंचाई
Forest
Ad.

त्यस्तै कार्य समित सदस्यहरुमा क्रमशः विनोद ढकाल, दिपेन्द्र केसी, ताराराज शर्मा, मनोज रायमाझी , निरज कार्की , लक्ष्मण बस्नेत कुलबहादुर पोखरेल र दिनेश भण्डारी निर्वाचित भएको जापानबाट समाचार सहयोगी भरत अर्यालले जानकारी दिए।

उनका अनुसार रोशन केसीको संयोजकत्वमा ७ सदस्यीय अध्यक्ष मण्डाल समेत गठन गरिएको छ। सुरेश केसी, डिलाराम खरेल, तुल्सीराम खरेल , कृष्ण प्रसाद सापकोटा टिकाराम खरेल र गोविन्द्र रिजाल अध्यक्ष मण्डलमा रहेका हुन्।

अधिवेशनमा समाजका पुर्व अध्यक्ष शालिकराम भण्डारी लगायतको बिशेष आतिथ्यता रहेको थियो। समितिको कार्यकाल २ बर्षे हुने जनाईएको छ। गुल्मीबाट जापानको वैदेशिक रोजगारमा पुगेकाहरुले त्यसरी संगठित भई गृह जिल्लामा आई पर्ने विपदमा उद्धार गर्दै आएका छन भने शिक्षा र स्वास्थ्य क्षेत्रमा करोडौं सहयोग गर्दै आएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया