Clean Water Campaign

Awareness Campaign

गुल्मीमा विद्युत संचालन नियमित गर्न अखिल (क्रान्तिकारी)को माग



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला कमिटी गुल्मीले गुल्मीमा नियमित विद्युत संचालन गर्न माग गरेको छ।

संगठनले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी र विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रमा कार्यालय प्रमुखलाई ध्यानकर्षण पत्र बुझाउँदै विद्युत संचालन प्रक्रिया सहज बनाउन आग्रह गरेको छ।

अघोषित रुपमा पटक-पटक विद्युत जाँदा शैक्षिक भविष्य निर्माणमा जुटिरहेका विद्यार्थीहरुलाई गम्भिर असर परेको तथा उनीहरुको भविष्यमाथि खेलवाड गरिएको अखिल क्रान्तिकारीले आरोप लगाएको छ। त्यसका साथै उद्योगी तथा व्यवसायीहरुलाई पनि विद्युतका कारण समस्या परिरहेको भन्दै संगठनले यथाशिघ्र नियमित विद्युत संचालन गर्न माग गरेको हो।

सिंचाई
Forest
Ad.

संगठनका जिल्ला अध्यक्ष राजन पोखरलद्वारा हस्ताक्षरीत अनुरोध पत्रमा एकातर्फ सरकार विद्युत निर्यात गर्नेतर्फ उन्मुख भइरहेको प्रचार गर्ने तर अर्कोतर्फ अनियमित तरिकाले विद्युत कटौती गर्नुले विद्युत प्राधिकरणप्रति प्रश्न उब्जिएको जनाइएको छ।

संगठनको पत्र बुझ्दै विद्युत प्राधिकरण गुल्मीका प्रमुख इश्वर कुमार श्रेष्ठले बीचबीचमा समस्या देखिएकोले आफुहरु यथाशिघ्र नियमित संचालन गर्ने प्रयासमा रहेको जानकारी गराए। संगठनका लुम्बिनी प्रदेश अध्यक्ष घनश्याम खरेल, पूर्व जिल्ला संयोजक भरत चन्द, प्रदेश कमिटी सदस्य प्रकाश चालिसे, राजन घिमिरे, संगठनका जिल्ला उपाध्यक्ष रमेश पाण्डे, सचिव किसन पाण्डे लगायतले ज्ञापन पत्र बुझाएका थिए। खबरमार्केट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया