Clean Water Campaign

Awareness Campaign

मदानेमा तीन विद्यालय र ३४५ विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

हुमाकान्त पोखरेल, गुल्मी: गुल्मीको मदाने गाउँपालिकामा ३४५ विद्यार्थी र तीन विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको छ।

मदाने युवा क्लवको आयोजना तथा सूर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा गाउँपालिकाको वडा नम्बर २ बाँझकटेरीमा रहेका तीनओटा विद्यालय र सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामग्री प्रदान गरिएको हो।

पञ्चमीपोखरी प्राथमिक विद्यालयका १८०, टोप्रे प्राथमिक विद्यालयका एक सय र बाँझकटेरी प्राथमिक विद्यालयका ६५ गरी कुल ३४५ विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको क्लवका सदस्य तारा बहादुर घर्ती मगरले जानकारी दिए। उनीहरुलाई एक÷एक वटा झोला, एक-एक दर्जन कापि, एक-एक दर्जन पेन्सिल तथा कलम प्रदान गरिएको मगरले जानकारी दिए ।

सिंचाई
Forest
Ad.

पञ्चमीपोखरी प्राविका लागि बल, क्यारामबोर्ड, वाइर्ट बोर्ड दुई/दुई थान तथा नेट, दराज र ल्यापटप एक/एक थान प्रदान गरिएको छ। भने सोफा, खेलौना, चार्ट लगायतका सामग्री पनि प्रदान गरिएको छ। टोप्र्रे प्राविका लागि खेलौना, बल, जाली, ह्वाइट बोर्ड, चार्ड एवम् बाझकटेरी प्राविको लागि बल र जाली, खेलौना, चार्ट लगायतका सामग्री प्रदान गरिएको क्लवका सचिव विक्रम घर्ती मगरले जानकारी दिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर केसीले शैक्षिक सामग्री ल्याउनमा समन्वय गर्ने क्लवलाई धन्यवाद् दिए। पालिकाभित्र देखिएका शैक्षिक क्षेत्रका विकृति अन्त्यको लागि आफुहरु लागिपरेको भन्दै यसमा साथ दिन सबैलाई आग्रह गरे। पहिलेभन्दा अहिले शैक्षिक स्तर धेरै सुधार भएपनि धेरै सन्तुष्ट हुने ठाउँ नरहेको उनले बताए।

गाउँपालिका उपाध्यक्ष सरिता खड्काले सरकारी सेवामा मदानेका धेरैजना प्रवेश गर्नुले मदानेका विद्यालयले दिने शिक्षाको गुणस्तरबारे जानकारी हुने बताइन्। विद्यार्थीहरु भविष्यका कर्णधार मात्र नभएर वर्तमानका साक्षि पनि भएकोले उनीहरुको शैक्षिक भविष्य निर्माणमा पालिकाले सहयोग गर्ने उनले भनाई छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया