Awareness

गुल्मीकी प्रतिभाशाली चेली थिइन् तिलोत्तमा स्कुटी दुर्घटनामा ज्यान गुमाएकी सुस्मिता

खबर प्रमुख खबर

Place for ads

प्रेम सुनार, गुल्मी: पछिल्लो समय ‘स्कूटी’ युवा-युवतीहरु बीच लोकप्रिय सवारी साधन हो। विशेषगरी किशोरी तथा युवतीहरु स्कूटीप्रति निकै आकर्षित हुने गर्दछन्। र,यसको प्रयोग निकै बढ्दो छ।

विभिन्न आकर्षक मोडल र रङ्गका स्कूटी चढ्ने क्रेज दिनानुदिन बढ्दो छ। तर, यात्राको यो साधन दुर्घटनाले कैंयौं कलिला किशोर/किशोरी तथा युवाहरुको ज्यान पनि लिएको छ। यस्तै ज्यान गुमाउनेहरुमा रुपन्देहीलाई कार्यक्षेत्र बनाउँदै आएकी २३ वर्षीया सुस्मिता एक हुन्।

Get Vaccinated

गत शुक्रबार राति रुपन्देहीको तिलोत्तमा-२, सिताराम राइस मिल नजिकै स्कुटी दुर्घटनामा परेर ज्यान गुमाएकी २३ वर्षीया सुस्मिता क्षेत्री (पाण्डे ) गुल्मीकी होनाहार चेली थिइन्। उनले गुल्मीको मात्र नभई साविक लुम्बिनी अञ्चलकै बहुप्रतिभाशाली युवतीको पहिचान बनाएकी थिइन्।

सुस्मिताले सन् २०१७ को मिस लुम्बिनी सौन्दर्य प्रतियोगितामा उत्कृष्ट बनेको उनका दाजु अशोक पाण्डेले बताए। उनका अनुसार त्यसदिन साँझ ९ बजेर ४५ मिनेट जाँदा बुटवलबाट घरतर्फ आउँदै गरेको अवस्थामा स्कुटी दुर्घटना भएको थियो।

दुर्घटनामा परी गम्भीर घाइते उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइएको र उपचारकै क्रममा उनको ज्यान गएको थियो। अध्ययन ,जागिरसँगै सौन्दर्य क्षेत्रमा अग्रसर सुस्मिताले छोटो समय र युवा अवस्थामै प्रतिष्ठित कम्पनीमा काम गर्दै आएकी थिइन्।

उनले इन्टरनेट सेवाप्रदायक कम्पनी ब्रोडलिंकको बुटवलशाखा, फाइभ स्टार होटल,टाइगर प्यालेसमा काम गरेकी थिइन्। पछिल्लो समय बुटवल मिलनचोकको फुड सप्लायर्स गर्ने ‘लुम्बिनी भोज’ को इन्चार्जका रुपमा काम गर्दै आएको दाजु पाण्डले सुनाए।

Awareness by SKF

उनका एक दाजु भारतिय सेनामा छन्। उनकी दिदी डेनमार्कमा रहेकी छन्। उनीहरु नआएसम्म शव लुम्बिनी अस्पतालमै राखिएको दाजु पाण्डेले बताए। उनकी आमाले गला अवरुद्ध पार्दै त्यसदिन छोरीले बुटवल काम गर्ने स्थानमा आफूलाई पनि साथीहरुले प्रोग्राममा बोलाएका छन्, खासै सञ्चो छैन तैपनि एक छिन गएर आउँछु है भन्दै हिँडेको बताइन्।

उनका बाबु खुमबहादुर पाण्डे सहितको परिवार गत १२ वर्षदेखि तिलोत्तमा-१ को शंकर नगरमा डेरा गरी बस्दै आएका छन्। उनीहरुको घर गुल्मीदरबार गाउँपालिका-४, साविक बिरवास गाविसको भट्टेचौर देउरालीमा हो। परिवारका सदस्य यता घरमा आवतजावत गर्ने गरेका छन्।

तिलोत्तमा-१ का वडाका सदस्य नेत्र खनालले उनीहरु आफ्ना छिमेकी भएको र एउटी होनाहर चेली गुमाएकोप्रति दुःख व्यक्त गरे। यतिबेला शोकाकुल परिवार डेरामा नबसी फुपु लक्ष्मी थापाको घरमा गएर बसेका छन्। सुस्मिता अविवाहित थिइन्।

यो पनि: रुपन्देहीको तिलोत्तमामा स्कुटी दुर्घटना हुँदा २३ वर्षीया सुस्मिताको मृत्यु
रुपन्देहीको तिलोत्तमामा स्कुटी दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। शुक्रबार राति बुटवलबाट तिलोत्तमामा तर्फ जाँदै गरेको लु ३० प ४२६० नम्बरको स्कुटी तिलोत्तमा नगरपालिका-२ स्थित सिताराईस मिल नजिक आँफै अनियन्त्रित भएको थियो।

COVID-19

सो दुर्घटनामा परी स्कुटरकी चालक तिलोत्तमा-१, शंकरनगरकी २३ वर्षीया सुस्मिता क्षेत्रीको मृत्यु भएको लुम्बिनी प्रादेशिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ। दुर्घटनाबाट गम्भीर घाइते क्षेत्रीको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *