Clean Water Campaign

Awareness Campaign

कालीगण्डकी गाउँपालिकाद्वारा १९ रोपनी क्षेत्रफलमा सयपत्री फूलको खेती



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

तिलाचन पाण्डे, गुल्मी: स्याङजाको कालीगण्डकी गाउँपालिकाले गरे के हुँदैन भन्ने गतिलो उदाहरण प्रस्तुत गरिदिएको छ।

गाउँपालिकाले आफनै लगानीमा १९ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरी रोजगारी संगै फूल खेतीको महत्व दर्साइ दिएको छ। गाउँपालिकाले गरेको फूल खेती हेर्नका लागि दैनिक ३० देखि ५० जना आउने गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ।

सिंचाई
Forest
Ad.

गाउँपालिकाको वडा नम्बर ७ बारीचौरमा ५ र वडा नम्बर ४ बिर्घा पुछारमा १४ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरिएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले जानकारी दिए।

बारीचौरमा भर्खरै खुलेको लालीगुरास होमस्टेलाई फूलै फूलको होमस्टे बनाउनका लागि र यहाँका कृषकहरुलाई फूल खेतीको महत्व बारे जानकारी गराउन पनि फूल खेती गरिएको पौडेलको दाबी छ।

दैनिक ज्यालादारी काम गर्नेलाई सोही अनुसारको ज्याला प्रदान गर्दा रोजगारी सिर्जना पनि हुने र कृषिप्रतिको मोह पनि बढ्ने भएकाले करिब ४ लाख लगानीमा फूल खेती गरिएको पौडेलले बताए।

Awareness by SKF

फूल खेती संगै कृषिप्रति कृषकको आकर्षण बढाउन र व्यावसायिक कृषक उत्पादन गर्ने गाउँपालिकाको उद्देश्य रहेको पालिकाले जनाएको छ।

माला बुनेरै बिक्री
गाउँपालिकाले दैनिक ज्यालादारीमा ज्यामीहरुलाई काम लगाई माला बुनेर बिक्री गर्ने गरेको छ। फूलभन्दा पनि माला नै बढी बिक्री हुने भएकाले माल बुनेरै बिक्री गरिएको पौडेलले बताए।

विभिन्न कार्यक्रमहरुका लागि माला किनेर लैजाने गरेको पौडेलले बताउनुभयो। माला र फूलको मूल्य अहिले आपसी समझदारीमै हुने गरेको बताउँदै तिहारका लागि मूल्य तोक्ने तयारी भएको पौडेलले बताए।

यता गाउँपालिकाका अध्यक्ष खिमबहहादुर थापाले फूलबाट पनि आम्दामी हुन्छ भन्ने गतिलो उदाहरण प्रस्तुत गर्नका लागि फूल खेती गरिएको बताए।

गाउँमा अझै पनि कृषकहरुले फूलबाट कहाँ आम्दामी हुन्छ र भन्ने गरेको सन्दर्भमा यो गतिलो उदाहरण भएको थापाको दाबी छ।

कृषकहरुलाई व्यवसायी बनाउन र आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले विभिन्न कार्यहरु गरिरहेको थापाको दाबी छ। खबरमार्केट डटकममा यो खबर प्रकाशित छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया