Hi-Speed Computer

Awareness Campaign

बागलुङको निसीखोलामा सञ्चालन हुँदै तिहार विशेष मेला



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

निसीखोला, बागलुङ: बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा यहि कार्तिक २० गते देखि तिहार विशेष मेला सञ्चालन हुने भएको छ।

जिल्लाको निसिखोला गाउँपालिका वडा नम्बर २ मा रहेको सनराइज युवा क्लबले आगामी कार्तिक २० गते देखि वडा स्तरीय पुरुष तथा महिला भलिबल लगायत दर्जनौँ कार्यक्रम सञ्चालन गर्ने आयोजक सनराइज युवा क्लबका कोषाध्यक्ष चिना घर्तीले जानकारी दिनु भएको छ।

कोषाध्यक्ष घर्तीका अनुसार वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशी प्रथम हुनेले रु. ६१,००० कप, मेडल र प्रमाणपत्र, द्वितीय हुनेले रु. ४१,००० कप, मेडल र प्रमाणपत्र र तृतीय हुनेले रु. २१,००० कप मेडल र प्रमाणपत्र हात पार्नेछन् भने उक्त खेलको दर्ता शुल्क रु. ६,००० राखिएको कोषाध्यक्ष घर्तिले जानकारी दिनु भएको छ।

Forest
Forest
Ad.

त्यस्तै वडा स्तरीय महिला भलिबल प्रतियोगिताको पुरस्कार राशी प्रथम रु. २५,००० कप, मेडल र प्रमाणपत्र, द्वितीय रु. १५,००० कप, मेडल र प्रमाणपत्र र तृतीय रु. ८,००० कप ,मेडल र प्रमाणपत्र हात पार्ने र उक्त महिला भलिबलको दर्ता शुल्क रु. २,५०० राखिएको बताइएको छ।

त्यस्तै ३५ वर्ष माथीको वडा स्तरीय मैत्रीपुर्ण भलिबल पनि सञ्चालन हुने भएको छ। उक्त खेलको पुरस्कार भने प्रथम हुनेले खसी र द्वितीय हुनेले बोका हात पार्ने छन् भने दर्ता शुल्क रु. २,००० राखिएको आयोजकले जानकारी दिएको छ।

आयोजकको अनुसार मेलाको अवसरमा राष्ट्रिय स्तरका चर्चित कलाकार र स्थानीय कलाकारहरुको पनि सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया