Awareness Campaign

कालीगण्डकी करिडोरको रिडी-रुद्रावेणी सडक खुलाउन सकस, अझै अवरुद्ध



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

कृष्ण अन्जान, गुल्मी: पहिरोका कारण अवरुद्ध कालिगण्डकी करिडोरको रिडी-रुद्रावेणी सडक खुलाउन सकस भएको छ।

रुरुक्षेत्र-२, याढुँग तल पट्टीको भैलिखाने डाँडै खसेर सडक अवरुद्ध भएपछि विगत तीन दिन देखि इलाका प्रहरी कार्यालय रिडीको समन्वय र पहलमा सगुन कन्स्ट्रक्सनका दुईवटा जेसिभि पहिरो फाल्ने काममा अनवरत लगाईरहँदा पनि माथिबाट ढुङ्गा र माटो खसिरहेकाले सडक सुचारु हुन सकेको छैन।

काम जारी छ तर माथिबाट झर्ने ढुँगाका कारण जेसिभिलाई समेत जोखिम भएको छ। ढुङ्गा झरिरहेका छन पहिरो थामिएको छैन साह्रै गाह्रो भएको छ, पहिरो स्थलबाट इलाका प्रहरी कार्यालय रिडीका इन्चार्ज समेत रहनु भएका प्रहरी निरिक्षक शुभराज बमले जानकारी दिनुभयो।

Forest
Forest
Ad.

पहिरोको माथिल्लो खण्डमा पनि मानिस परिचालन गरेका छौँ। माथिल्लो क्षेत्रबाट कुलो काटेर पानी तर्काउने प्रयास पनि गरिएको छ हामीले हाम्रो तर्फबाट सडक सुचारु गर्न सबै उपायहरु अपानाएका छौँ तर ठुलो पहिरो र जोखिम भएकाले समय लागेको निरिक्षक बमले बताउनु भयो।

पहिरो गएको क्षेत्रबाट जोखिम कै कारणले सर्वसाधारणलाई आवत जावत गर्न पनि रोक लगाईएको छ। सडक सुचारु नभएपछि सावारी तथा ढुवानीका साधनहरु वैकल्पिक सडक प्रयोग गरि आवतजावत गरिरहेका छन।

कालिगण्डकी करिडोर अन्तर्गतको यो सडकखण्डमा पटक-पटक धुले पहिरो समेत जाने गर्छ तर यो पटक गतहप्ता परेको अविरल वर्षका कारण गएको भिषण पहिरोले सडक अवरुद्ध रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया