Hi-Speed Computer

Awareness Campaign

बागलुङको बोबाङमा खोलाले बगाउदा एक बालक बेपत्ता



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

ओझेलका खबर संवाददाता, बागलुङ: बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका-७, बोबाङमा भुजीखोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्। शनिबार साँझ भुजीखोलामा साथीसँग खेल्न भनी गएका ढोरपाटन-७, धाराबोटका दिलबहादुर विकका पाँच वर्षीय छोरा जीवन बेपत्ता भएका हुन्।

उनी साथीसँग खेल्ने क्रममा भुजीखोलामा रहेको साघुँबाट खसेका स्थानीयवासीले बताएका छन्। नमूना बाल विकास धारकोटमा अध्यननरत विक दिउँसो खेल्दाखेल्दै खोलामा पुगेका थिए।

बेपत्ता विकको खोजीका लागि प्रहरी चौकी बुर्तिबाङ बागलुङबाट पाँच जनाको टोली खटिएको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए। नजिकै रहेको पुलको विकल्पमा अस्थायीरूपमा बनाइएको साँघुमा उनीहरु पुगेको प्रहरी चौकी ढोरपाटनले जनाएको छ।

Forest
Forest
Ad.

यस्तै जैमिनी नगरपालिकामा एक जना मृत फेला परेका छन्। जैमिनी-२, ठेउलेखोलाका किनारमा सिस्नेरका ४५ वर्षीय दलवीर सार्की मृत अवस्थामा फेला हुन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया